नवज्योतिमा वादविवाद प्रतियोगिता

बुटवल, साउन २६ गते । रुपन्देहीको तिलोत्तमास्थित चार नम्बर मणिग्राममा सञ्चालित नवज्योति इ.बो. स्कुलमा नवज्योति भित्रे पात्रोमा अंकित कार्यक्रम अन्तरगत कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीवीच अंगे्रजी माध्यममा तहगत वादविवाद कार्यक्रम भएको छ । कक्षा ४ देखि कक्षा ६ सम्म इन्टरनेट प्रयोगका फाइदा र बेफाइदाको विषयमा विद्यार्थीवीच बादविवादा प्रतियोगिता भएको हो ।

वादविवाद प्रतियोगितमा भुमिका ज्ञवाली कक्षा ५ रोज प्रथम, दिप्सन पाण्डे कक्षा ६ लोटस द्वितीय र अन्तरा ज्ञवाली कक्षा ६ लोटस तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । त्यस्तै भने कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थीवीच उच्च शिक्षा अध्ययनका लागि विदेश भन्दा नेपाल ठिक छ भन्ने र्शिषक तथा विषयमा वादविवाद प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा दिपिका पाण्डे कक्षा ९ प्रथम, जस्मीन पुन कक्षा ९ द्वितीय र रक्षा मिश्रा कक्षा १० तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कक्षा ४ देखि कक्षा ६ सम्म एक समुह र कक्षा ७ देखि कक्षा १० सम्म एक समुह गरी दुई समुहमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका प्राचार्य टोपबहादुर केसीको अध्यक्षतमा भएको वादविवाद कार्यक्रमको अतिथिको रुपमा माध्यमिक विद्यालयका संयोजक हिमलाल चापागाँई, प्रिप्राइमरी संयोजक तेजकुमारी गुरुङ र भूतपूर्व माध्यमिक विज्ञान शिक्षक सङ्गम पौडेल रहेका थिए ।

त्यसैगरी अतिरिक्त क्रियाकलाप प्रमुख सुरेस पङ्गेनी, शिक्षिका दिपिका थापा मगर र पुजा पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रमको अन्त्यमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्तगर्न सफल भएका विद्यार्थीहरुलाई अविर टीकाद्वारा सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो । कार्यक्रमको सन्चालन विद्यालयका प्रमुख संयोजक इन्द्रकुमार राईले गरेका थिए ।