वृज सिमेन्टको एक्सपर्ट मेशन क्लबको काम प्रभावकारी

बुटवल, असोज १ गते । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापेर मृत्यु भएका परिवारलाई कम्पनीले पाँच लाख आर्थिक सहयोग गरेको छ । यही जेठ ८ गते क्लबका सदस्य प्युठान नौबहिनी गाउँपालीका १ स्याउली वाङका ३९ वर्षिय बोमबहादुर मल्ल , उहाँकी श्रीमती र छोरा गरी तिन जनाको घटनास्थलमै मुत्यु भएको थियो ।
सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया विमा बापतको रकम हस्तान्त्रण गरेको हो । कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जीसीले मृतककी छोरी कुमारी मल्ललाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् ।
प्रालिले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्व सदस्यहरुको ५ लाख बराबरको बिमा योजना अगाडी बढाएको छ । देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माण कर्मीहरुलाई “एक्सपर्ट मेशनक्लबमा आवद्ध गरेर विमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिएका छन् ।
पौडेलले कम्पनीले आफनो सामाजिक उत्रदायित्व को भुमिका निर्वाह गर्न र निर्माणकर्मीको परिवारको पनि सुरक्षाको जिम्मेवारीको महशुस गरी कार्यक्रम ल्याइएको पौडेलको भनाइ छ ।
उक्त कार्यक्रमलाई अझैं प्रभावकारी र फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशनक्लबमा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पास बुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनैपनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिने छ ।
कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि बुटवल, काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौलीवालिङ, नारायणघाट, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर, स्याङ्जामा कार्यक्रम सञ्चालन गरिएको थियो । अहिले सम्म कम्पनीले २५ सय बढी निमार्णकर्मीहरुलाई “एक्सपर्ट शनक्लब”मा आवद्ध गरिएको छ ।