युवाका लागि सशक्तिकरण तालिम


बुटवल, भदौ २६ गते । देवीनगर युवा सञ्जाल, पूर्वखोला वडा नं.४ देवीनगरको आयोजनामा “युवा र सशक्तिकरण विषयक तालिम“ बुधवार सम्पन्न भएकोा छ । युवा र सशक्तिकरण विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।

उनले युवाको परिभाषा,उमेर अवस्था,युवाका वर्तमान समस्या,भविष्यका चुनौती विषयवस्तुमा प्रकाश पारेका थिए । तालिम समापनमा पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहरसिं थापाले युवाहरुलाई सशक्तिकरणमार्फत समृद्धिसँग जोड दिनुपर्ने बताए ।
पूर्वखोला, देवीनगरलाई नमूना गाउँ बनाउने सपनालाई साकार पार्न स्थानीय युवाहरुलाई अग्रसर गराउन तालिमको भूमिका महत्त्वपूर्ण हुने बताए ।

कमलसिंह मगर र ममता सिंजालीले सहभागीहरुका तर्फबाट आआफ्ना सिकाई अनुभव सेयर गरेका थिए। तालिमको समन्वय वडा सदस्य भुवन सिंजालीले गरेका थिए । तालिममा गाउँ कार्यपालिका सदस्य रेवती घर्तिमगर र वडा सदस्य रविन श्रेष्ठ लगायत ५० जना स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।






















