बुटवल सुनचाँदी व्यवसायीमा पदस्थापन सम्पन्न

 

 

 

 

बुटवल/बुटवल सुनचाँदी व्यवसायी संघको सोमबार बुटवलमा भएको साधरणसभा तथा प्रथम अधिवेशनबाट निर्वाचितहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष दीपक कुमार विश्वकर्माले नवनिर्वाचित अध्यक्ष गकुल विश्वकर्मा नेतृत्वको नयाँ कार्यसमितिलाई पदस्थापना गराउनु भएको थियो । उक्त अवसरमा अघिल्लो कार्यसमितिका अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो ।
उक्त अवसरमा अध्यक्षको प्रतिवेदन पेश गर्दै बुटवल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष दीपक विश्वकर्माले सुनको माग अनुसार आपूर्ती नहुँदा कालोबजारी मौलाएको बताउँदै सुनको कोटा नै खारेज गर्नुपर्ने बताउनु भएको थियो । उहाले संघले व्यवसायीको पक्षमा निरन्तर काम गरेको र अगाडी दिनमा पनि थप काम गर्नु जरुरी रहेको धारणा राख्नु भयो ।


कार्यक्रममा बुटवलका पूराना सुनचाँदी व्यवयायी गोविन्द विश्वकर्मा, ज्योतिलाल विश्वकर्मा, उमाखर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्ने बक्ताहरुले सुनचाँदी व्यवसायीले बर्षोदेखि कानुनी र नितिगत समस्यासँगै प्राविधिक कठिनाई भोग्दै आएकाले त्यसको समाधानमा सरकारलाई गम्भिर हुन आग्रह गरेका थिए । उनीहरुले बर्षोदेखि सुनचाँदी व्यवसायीहरुले कानुनी रुपमा जटिलताहरु भोगेको बताउँदै कोभिडपछि चलायमान भएको सुन व्यवसायमा राष्ट्र बैंकले तोकेको सुनको कोटाका कारण अहिले व्यवसायी समस्यामा परेको बताएका छन ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवासायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्माले सुनको अभावले व्यवसायीहरुले महंगोमा कालोबजारीमा सुन किन्नुपरेको बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, बुटवल उपमहानगर वडा न. ५ का वडाअध्यक्ष तेजकुमार सुनार, केन्द्रीय सदस्य एमवि विश्वकर्मा, बुटवल उपद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसुजु, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवर, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियार, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्मा, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्मा लगायत बोलेका थिए ।
कार्यक्रम मिलन विश्वकर्माको स्वागत तथा सावि विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।