सुनौलो बिहानी फुर्तिलो समुहको रक्तदान


बुटवल, असोज १ गते । सुनौलो बिहानी फुर्तिलो समुहले सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समुहका अध्यक्ष अनन्तमान थैवको अध्यक्षता, नेपाल स्वयमसेबी रक्तदाता समाजका केन्द्रीय महासचिब एवम रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।

समुहकी उपाध्यक्ष÷प्रमुख प्रशिक्षिका बिष्णुमाया श्रेष्ठको संयोजन एवम सचिव देविराम पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ३ जना दृष्टिबिहिन सहित ७० युनिट रगत संकलन भएको बताइएको छ ।
हरेक दिन बिहान बुटवलको लक्ष्मिनगर र दिपनगरस्थित लालकुमारी सिद्धेश्वरी स्कुलको मैदानमा निःशुल्क रुपमा नियमित वर्कआउट गर्दै आइरहेको समुहले बेला बेलामा स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र आगामी दिनमा थप कार्यक्रमहरु पनि गर्ने समुहका सदस्य इश्वरी गौतमले जनाएका छन् ।























