आविष्कार केन्द्रलाइ सहयोग गर्न बुटवलमा च्यारिटी टी शो


बुटवल, असोज ३ गते । महाविर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नका लागि बुटवलमा कारा चलचित्रको च्यारिटी शो हुने भएको छ । लायन्स क्लव अफ बुटवल ,लायनस क्लव अफ बुटवल र लियो क्लव अफ बुटवल तथा एडभर्सी मिडिया गु्रपको संयुक्त आयोजनमा यही असोज ७ गते बुटवलमा कारा चलचित्रको च्यारिटी शो हुने लायन्स क्लव अफ बुटवलका अध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठले जानकारी गराए ।

महाविर पुनले शुरु गरेको अभियानलाई साथ दिनका लागि बुटवल भाटभटेनीमा रहेको क्युएफएक्स हलमा च्यारीटी सो गर्न लागिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दुई भाइ बहिनीको कथामा आधारित डेढ घण्टा लामो चलचित्रमा रहेको कारा चलचित्रका प्रोडक्सन हेड बिकास भण्डारीले जानकारी गराए ।
रिलिज नहुंदै काठमाण्डौपछि बुटवलमा च्यारिटि शो गर्न लागिएको हो । तीन वटा बुटवलका क्लवहरुका सचिवालय तथा कार्यसमिति मार्फत टिकट बिक्री भईरहेको बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

अहिलेसम्म १ सय ५० बढी टिकट बिक्री भएका छन् भने करिब ४ सय बिक्रि हुने अपेक्षा गरिएको आयोजकहरुले बताएका छन् । प्रति टिकटको मूल्य रु १ हजार राखिएको छ ।






















