सैनामैना मेमोरियलमा खेलकुद सप्ताह सुरु


बुटवल, माघ ३ गते । सैनामैना, माघ ३ गते । रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्बर १ स्थित सैनामैना मेमोरियल स्कुलले खेलकुद सप्ताहको सुरुवात गरेको छ।
राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ विद्यालयमा एक ब्रिहद औपचारिक कार्यक्रमका साथ मन्गलवार विद्यालय परिसरमा सप्ताहब्यापि खेलकुद प्रतियोगिताको समुद्घाटन गरिएको थियो।
विद्यालयमा अध्ययन गर्ने कक्षा प्ले–गु्ररुपदेखि कक्षा १० सम्मका विद्यार्थीलाई तहगत तथा अन्तरसदनात्मक रुपमा सन्चालन गरिएको उक्त प्रतियोगितामा उद्घाटन सत्रको दिनमा पूर्व प्रावितर्फ मिठाई दौड, ब्यालुन ब्लास्ट तथा तातो आलु प्रतियोगिताका छनोट चरण सम्पन्न गरिएको छ, भने प्रावि तहतर्फ नीडिल रेस, स्पून रेस, म्युजिकल चेयर तथा टेवल टेनिस प्रतियोगिताको प्रारम्भिक चरण सम्पन्न गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डीबि खत्रीले जानकारी दिएका छन् ।
यसैगरि कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा तथा छात्रहरुवीच लन्गजम्प, सटपुट, टेबलटेनिस र हाईजम्पका खेलहरु सम्पन्न भएका छन्।
उक्त प्रतियोगिताहरुमध्ये कक्षागत रुपमा आयोजित तातोआलु प्रतियोगितामा छात्रा तर्फ कक्षा १ बाट प्रिन्सा खाम्चा प्रथम, रिस्ता बिष्ट दोस्रो तथा स्नेहा न्यौपाने तेस्रो बनेका छन् ।

छात्रतर्फ आयुष पोख्रेल प्रथम, सुभम बुढा दोस्रो तथा अस्विन भुसालले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। यसैगरि कक्षा २ का छात्राहरुका बिच आयोजित कुर्ची दौड प्रतियोगितामा आशा कुमारी जैसवाल प्रथम, अपेक्षा गौतम दोस्रो तथा सन्स्क्रिति खत्रीले तेस्रो स्थान प्राप्त गरेका थिए। यसैगरि छात्रतर्फ अनोमल खडका प्रथम, निर्वाण थापा दोस्रो र आयुष भुसाल तेस्रो हुन सफल भएका थिए भने कक्षा ३ बाट श्रेया बन्जाडे र क्रितक पोख्रेल प्रथम, आचल न्यौपाने र अमोल पुरी दोस्रो तथा सेजल पराजुली र अन्कित कुन्वर ले तेस्रो स्थान प्राप्त गरेका थिए। यसै प्रतियोगितामा कक्षा ४ बाट सुप्रिमा के सी र रजित सेजुवाल प्रथम, एलिना पुन र प्रिन्स गिरी दोस्रो र करुणा गौतम र अनुप सापकोटाले तेस्रो स्थान प्राप्त गर्दा कक्षा ५ तर्फ आरुशी अर्याल प्रथम निशा पराजुली दोस्रो र आशिका परियार तेस्रो बने ।
यसैगरि सोहि तहमा आयोजित निडिल रेश तर्फ कक्षा १ बाट स्नेहा न्यौपाने र समिर भुसाल प्रथम, सिवानी थापा र साहिल सुनार दोस्रो तथा चाहना खडका र प्रकाश खनाल तेस्रो हुन सफल भएका थिए भने कक्षा २ बाट स्रिजना अर्याल र विप्लव भुसाल प्रथम, आस्विनी खडका र आदित्य अर्यार दोस्रो तथा प्रिन्सा भण्डारी र दिवश कार्की तेस्रो बन्न सफल भए ।
कक्षा ३ तर्फ सदिक्षा भुसाल र सुगम दर्लामी प्रथम, सलिना पाण्डे र बिवश बण्जाडे दोस्रो एवम क्रिष्मा सुवेदी तथा अभिषेक खनालले तेस्रो स्थान प्राप्त गर्दा कक्षा ४ बाट आक्रिति खडका र सुशान्त केसी प्रथम, मनिशा पन्थी र प्रतिक गिरी दोस्रो तथा स्विक्रिती मिश्र र आयुश गोतामेले तेस्रो स्थान प्राप्त गरेका थिए।
सोही प्रतियोगितामा कक्षा ५ बाट सम्पदा बस्नेत र आदित्य भुसाल प्रथम, समिर के सी तथा सुदिक्षा जि सीले दोस्रो तथा अरुषी अर्याल र रिजन थापाले तेस्रो स्थानप्राप्त गरेका थिए।
यसैगरि स्पून रेसतर्फ कक्षा १ बाट प्रिन्स चौधरी, कक्षा २ बाट प्रिन्सा भण्डारी र दिप्सन सुनार, कक्षा ३ बाट सलिना पाण्डे र रोहित थापा, कक्षा ४ बाट सुवेक्षा केसी र मोहन बिके तथा कक्षा ५ बाट आरुशी अर्याल र समिर के सी प्रथम बन्न सफल भएका थिए।
मन्गलवार्नै आयोजित अर्को प्रतियोगिता टेवलटेनिस तर्फ कक्षा ५ का किसन भण्डारी प्रथम, कक्षा ४ का अनुप सापकोटा दोस्रो र कक्षा ५ का आदित्य भुसाल तेस्रो बन्न सफल भएका थिए भने कक्षा ६–१० तर्फ कक्षा १० का निसान थापा प्रथम, कक्षा १० कै लोकजित बु्ढा दोस्रो तथा कक्षा ८ का अन्जन सुनारले तेस्रो स्थान प्राप्त गरेका थिए। छात्रातर्फ कक्षा ६ र ७ तर्फ कक्षा ६ कि आयुसा पौडेल प्रथम, कक्षा ७ कि आयुशा थापा दोस्रो तथा कक्षा ६ कि प्रविना कुवरले तेस्रो स्थान प्राप्त गरेका थिए। यसैगरि कक्षा ८–१० का छात्राहरु तर्फआयोजित प्रतियोगितामा कक्षा १० कि निशा कुमाल प्रथम, कक्षा १० कै मेनुका राना दोस्रो तथा कक्षा ८ कि इशा सुनार तेस्रो बन्न सफल भएका थिए। अर्को इभेन्ट लन्गजम्प तर्फ कक्षा ७ का सौरभ गलामी, ७ कै सगुन भुसाल र सातकै सन्गित बगालेले क्रमश प्रथम दोस्रो तथा तेस्रो स्थान प्राप्त गर्दा हाईजम्पतर्फ कक्षा ६ कि आयुस्मा पोख्रेल, कक्षा ६ कि आशिका पोख्रेल प्रथम र दोस्रो बनेका थिए। यसैगरि कक्षा ९ कि अनिशा पोख्रेल प्रथम कक्षा ८ कि ईशा सुनार दोस्रो तथा कक्षा ९ कि अन्शु चौहान तेस्रो बन्न सफल भएका थिए। अर्को इभेन्ट सटपुट तर्फ निशिका पन्थी र सौरभ गलामीले प्रथम, ६ कि श्रेया खडका र ७ का सन्गित बगाले दोस्रो तथा ७ कि आयुशा थापा र ७ कै सगुन भुसालले तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। भने कक्षा ८–१० बिच आयोजित प्रतियोगितामा कक्षा ८ का पुरन बि के र ईशा सुनार प्रथम, ९ कि अन्शु चौहान र १० का भुवन थापा दोस्रो तथा ९ कि अनिशा पोख्रेल तथा बिशाल के सी ले तेस्रो स्थान प्राप्त गरेका थिए।
साताब्यापी आयोजना गरिने खेलकुंद प्रतियोगिताले विद्यार्थीमा शारिरिक बिकास गर्नुका साथै प्रतिस्पर्धी भावनाको बिकास गर्नमा टेवा पुराउने विद्यालयका प्राचार्य जे बि क्षेत्रीले बताए ।विद्यालयले विद्यार्थीहरुलाई पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापलाई समेत समान महत्तवका साथ सन्चालन गर्ने गर्दछ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)
















