रूपन्देही सुपरलिगः लुम्बिनी खुकरी क्लब फाइनलमा


प्रकाश न्यौपाने
भैरहवा, माघ २५ गते । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनल यात्रा तय गरेको हो । अब, उसले माघ २७ गते हुने तिलोत्तमा क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीचको दोस्रो सेमिफाइनलको विजेता टिमसँग माघ २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा गर्यो । उसका लागि अमर मिश्रा र समिर अलीले अर्धशतकीय पारी खेले । अमरले ७१ र समिरले ५४ रनको योगदान गर्दा प्रज्वल थापाले २२, अन्तिम थापाले २१, अजयकुमार चौहानले अविजित १८ र दुर्गेश गुप्ताले १२ रन जोडे । बलिङमा तिरुपतिका तुलबहादुर थापा र विपिन न्यौपानेले ३–३ तथा रुपेश कुर्मीले २ र सन्दीप मौर्यले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपति ४७ ओभर १ बलमा २ सय ४ रन बनाउँदा अलआउट भयो र उपाधि होडबाट बाहिरियो । उसका लागि एजाजुल हकले ४६, तुलबहादुर थापाले ४१, अर्निको यादवले २५, डेभिड थापाले २०, रुपेश कुर्मीले १७ र कमल विकले १० रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा लुम्बिनी खुकुरीका सेजाद आलम, अमर मिश्रा र अजयकुमार चौहानले २–२ तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले १–१ विकेट लिए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)

















