रुपन्देही व्यापार संघको अधिवेशन सम्पन्न
घिमिरेको अध्यक्षतामा २९ सदस्यिय नयाँ नेतृत्व चयन




बुटवल/रुपन्देही व्यापार संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा २९ सदस्यिय कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा संघ बरिष्ठ उपाध्यक्ष घिमिरेको एकल उम्मेदवारी परेको थियो । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सचिवमा फर्सुराम पन्त, सहसचिवमा ऋषिराम पाण्डे, सहकोषाध्यक्षमा मनिराम खनाल निर्वाचित हुनु भएको छ ।
संघको सचिव र सहकोषाध्यक्षमा मतदान भएको थियो भने अन्य सबै पद निर्विरोध भएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताउनु भयो । निर्वाचनमा सचिव पदमा पन्तसहित प्रेमनाथ पाण्डे र कृष्ण अर्याल तथा सहकोषाध्यक्षमा खनाल र मिलन सुनार उम्मेदवार बनेका थिए । जसमा पन्तले २७४ मत, पाण्डेले २१४ मत र अर्यालले ४५ मत प्राप्त गरेका थिए भने सहकोषाध्यक्षमा खनालले ४७९ मत र सुनारले ३८ मत प्राप्त गरेका थिए ।

कार्यसमितिका १६ जना सदस्यमा अर्जुनप्रसाद भट्टराई, झविन्द्र अधिकारी, नलराज नेपाल, न्यायमदिन मिया, ठाकुरप्रसाद आचार्य, जिवलाल पौडेल, प्रकाशराज पौडेल, मनहरि बस्याल, मनिमदिन मिया, माधवप्रसाद ज्ञवाली, मेघनाथ पौडेल, रितेश ज्ञवाली, विनित भट्टराई, बालकृष्ण बस्याल, वृन्दा भट्टराई आचार्य र शोभा जोशी क्षेत्री निर्वाचित भएका छन् ।
यता संघमा सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज, शाखा सदस्यमा सेमलारबाट पूर्णप्रसाद काफ्ले, सालझण्डी शाखाबाट भोजराज श्रेष्ठ र सेमलार शाखाबाट सदस्यमा रेशमलाल उपाध्याय निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घााटन गर्दै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले राज्यको अस्पष्ट नितिका कारण आर्थिक समृद्धिको विषयले पछिल्लो समयमा गति लिन नसकेको आरोप लागाउनु भयो । उहाले नीजि क्षेत्रका समस्याका बारेमा वर्तमान सरकारले ध्यान नदिएको मात्र नभएर मन्त्रीहरुको बोलीले अन्यौल सिर्जना गर्ने, उद्योगी व्यवसाय क्षेत्रलाई धाराशाही बनाउने गरेको बताउनु भयोे ।
विश्वकर्माले राष्ट्रिय अर्थतन्त्रको विकास नगरि देशमा समृद्धि आउन नसक्ने कुरामा आफ्नो पार्टी स्पष्ट रहेको जिरिक गर्दै नीजि क्षेत्रका व्यवसायीहरुको समस्या समाधान गर्न सधै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सदस्य भोज प्रसाद श्रेष्ठले रुपन्देहीलाई आर्थिक राजधानीका लागि अगाडी सारिएका योजना, कार्यक्रम र नीतिलाई व्यवहारिक रुपमा कार्यान्वय गर्ने कुरामा सबैको चासो र पहल हुनु जरुरी रहेको बताउनु भयो । उहाले लुम्विनी प्रादेशिक अस्पतालको स्तरवृद्धिले यस क्षेत्रको स्वाश्थ्य सेवा प्रभावकारी हुने बताउनु भयो ।
संघका अध्यक्ष यमलाल लोहनीको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद घिमिरेको स्वागतमा भएको कार्यक्रममा नेकपा एमालेका तेजेन्द्र केसी, संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, टंक प्रसाद पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कशजु, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, पश्चिम नेपाल वस व्यवसायी प्रालीका अध्यक्ष दधि खरेल, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि प्रसाद अर्याल, डा. नन्दु पाठक लगायत बोल्नु भएको थियोे ।

अधिवशेनका अवसरमा संघले वितरण गर्दै आएको उत्कृष्ठ पत्रकारिता पुरस्कार–२०७८ पत्रकार रामप्रसाद आर्चायलाई प्रदान गरिएको थियो । पत्रकार आर्चायलाई कार्यक्रमका प्रमुख अतिथि विश्कर्माले पुरस्कार राशी २५ हजारको चेकसहित प्रमाणपत्र र दोसल्ला ओढाउनु भएको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा सेवा गर्नु भएको तीन जना व्यक्तीहरुलाई सम्मान गरिएको थियो । त्यसरी सम्मानित हुनेहरुमा स्वाश्थ्य क्षेत्रमा डा. नन्दु पाठक, पर्यटनबाट माधव नेपाल र शिक्षाबाट खेमप्रसाद पुन हुनु हुन्छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










