लुम्बिनी प्रदेशका कलाकारद्वारा बुटवलमा कार्यशाला

बुटवल, माघ ९ गते।अन्तर्राष्ट्रिय जलरङ् दिवसको १०ओैं  वार्षिकोत्सबको अवसरमा आईतवार लुम्बिनी प्रदेशका कलाकारहरुले बुटवलको मगर्स किचेनमा जलरङ् कार्यशाको सम्पन्न गरेका छन्। कार्यशालाको उद्घाटन नेपाल ब्यवसायी कलाकार संघका केन्द्रिय सहअध्यक्ष शान्तराम गिरिले बेलुन उडाएर गरेका थिए। उद्घाटन गर्दै गिरिले भने–कलाकारहरु स्वतन्त्र र स्वच्छन्द हुन्छन्।


अन्तर्राष्ट्रिय जलरङ् समाज,नेपाल लुम्बिनी प्रदेशका संयोजक सुमित्रा राना,सुत्पराईका अनुसार रुपन्देहीका १० जना कलाकारहरु सहभागी कार्यशालामा स्थानीय रुपमा रहेका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक,सामाजिक एवम् पर्यटकीय गन्तव्यहरुका चित्र कोरिएका छन्।


कलाकारहरुले आफ्नो कूचीलाई विषम परिस्थितिमा सिर्जनात्मक तरिकाले उपयोग गरि आफ्नो बाच्ने आधारहरुलाईसमेत जीवन्त राख्ने नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीका अध्यक्ष बेनप्रसाद थापाले बताए। उक्त कार्यशालामा पाकापुराना कलाकार मन गोल्डी,आरके लिगलसहित नयंँ पुस्ताकाका सुमित्रा राना,बेथा लगायतले सहभागिता जनाएको संघका सल्लाहकार एचबी रम्तेलले जानकारी गराए।