लालटिन सहकारीको नवौं साधारण सभामा जेष्ठ नागरिक सम्मान

बुटवल, असोज १३ गते । बुटवलमा सञ्चालित लालटिन बहुउद्वेश्य सहकारीले नवौं औं वार्षिक साधारण सभा गरेको छ । सहकारीका जेष्ठ शेयर सदस्य पुतलीमाया गौतमको प्रमुख आतिथ्यतामा नवौ साधारण सभा शनिबार सम्पन्न भएको हो ।

सोही वार्षिक साधारण सभामा बोल्ने वत्ताले सहकारीलाई सही ढंगले सञ्चालन गर्नका लागि सबैले सहकारीका सिद्वान्त पालना गर्नुपर्ने बताए । उनीहरुले सहकारीको लगानी सही ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई बचत रकमको विषयमा ढुक्क बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेलबासेले देशको अर्थतन्त्र चलायमान बनाउन सहकारीहरुको योगदान महत्वपूर्ण रहेको र सहकारीहरुको महत्व अझै बढेको बताए । पछिल्लो समय केही सहकारीले गरेको कमजोरीका कारण राम्रा काम गरिहेका सहकारीप्रति हुर्ने दृष्टिकोण नराम्रो भएको बताउंदै आफ्नो सहकारी बलियो र राम्रो बनाउन शेयर सदस्यहरु सक्रिय हुनुपर्नेमा जोड दिए ।

धेरै व्याजको लोभ देखाएर रुपन्देही बाहिरबाट आएका केही सहकारीले बचत अपचलन गरेको उल्लेख गर्दै लालटिन जस्ता उत्कृष्ट काम गरेका सहकारीहरुलाई सही दृष्टिकोणले हेर्नुपर्ने बताए । सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी उत्पादनसंग जोडिएर आर्थिक लाभ लिन सकिने बताउंदै सहकारीलाई कस्तो बनाउने शेयर सदस्यहरुको हात हुने उनको भनाइ छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष गंगालाल सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वर्षभरीमा भएगरेका कार्यक्रम तथा आगामी योजनाहरुबारे जानकारी गराएका थिए । अध्यक्ष सापकोटाले हामे लालटिन सहकारी सही ढंगले सहकारीको सनयम पालना गरेर चलेकाले कुनै संका उपसंका नगरी सहकारीमा जोडिन आग्रह गरे ।
अध्यक्ष सापकोटाले सहकारीलाई अब्बल बनाउन शेयर सदस्यहरुलाई सहयोग गर्न आग्रह गर्दै आफ्नो बचत के कस्तो ठाउंमा लगानी भएको छ के कसरी चलेको छ, त्यसप्रति चासो र चिन्ता गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा सहकारीका सल्लाहकार पदम श्रेष्ठ, सन्दिप सापकोटा, धुर्वतारा सहकारीका सचिव विनोद खनाल लगायतले बोल्दै सहकारीलाई सही ढंगले चलाउन र आफ्नो बचत रकम कस्तो ठाउंमा लगानी भएको छ भन्नेबारेमा शेयर सदस्यहरुलाई जिम्मेवार हुन हाग्रह गर्दै बाहिरका सहकारीहरुलाई रुपन्देहीमा कार्यालय खोलेर चलाउन नदिन स्थानीय सरकारलाई आग्रह गरे ।

सहकारीका कोषाध्यक्ष शिवराम घिमिरेले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक उमलाल बञ्जाडेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका । उक्त प्रतिवेदन हलले पास गरेको छ ।

कार्यक्रममा सहकारीका ज्येष्ठ नागरिक तथा शेयर सदस्य, असल ऋणी, एक वर्षमा संस्थामा धेरै शेयर सदस्य थप गर्ने सदस्यहरु र शिक्षामा उत्कृष्ट, असल कर्मचारी, रक्तदातालगायतलाई सम्मान गरिएको थियो ।

दुई करोड ७२ लाख ७२ हजार सात सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीमा हाल दुई हजार ६९८ जना शेयर सदस्य रहेका छन् । सहकारीले १९ करोड २२ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । लुम्बिनी प्रदेशभर कार्यक्षेत्र रहेको सहकारीले तिलोत्तमा–८ दिपनगर र सैनामैना–३ मुर्गियामा सेवा केन्द्र स्थापना गरी सहज सेवा प्रदान गर्दै आएको छ । भने

सहकारीमा १९ जना कर्मचारी कार्यरत रहेको र सहकारीलाई अझै विस्तार गरेर चलाउने योजना रहेको सहकारीका सञ्चालक विनोदकुमार परियारले बताए ।सहकारीका अध्यक्ष गंगालाल सापकोटाको अध्यक्षता गोपालप्रसाद गैरेको स्वागत र सचिव दिनेशकुमार पाण्डे क्षेत्रीको सञ्चालनमा साधारण सभा भएको हो ।