जागरुक सहकारीमा नयाँ नेतृत्व चयन


बुटवल, कार्तिक १० गते । जागरुक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–६ को १७ औ वार्षिक साधारण सभा तथा सातौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवशेनले हिमलाल भट्टराईको अध्यक्षतामा ११ सदस्यिय नया सञ्चालक समिति निर्विरोध चयन गरेको छ । जसमा उपाध्यक्ष श्यामप्रसाद पाण्डे, सचिव कृष्ण कुमार पोखरेल उपाध्याय, कोषाध्यक्ष मोती श्रेष्ठ रहेका छन् ।

यसैगरि सदस्यमा थानेश्वर अर्याल, माधुरी आचार्य, कृष्णप्रसाद पौडेल, शेषकान्त अर्याल, रविन्द्राथ पंगेनी, टिकाकला खनाल र विजयकुमार उपाध्यक्ष निर्वाचित भएका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा तुलसीराम वञ्जाडे तथ सदस्यहरुमा कृष्ण प्रसाद पाण्डे र एमकला न्यौपाने रहेका छन् । नवनिर्वाचित सञ्चालन समितिलाई निर्वाचन समितिका संयोजक संदिप सापकोटाले प्रमाणपत्र वितरण गर्दै शपथ खुवाएका थिए ।
शनिबार बुटवलमा भएको संस्थाको बार्षिक साधारणसभामा सहकारीका अध्यक्ष लक्ष्मण बश्यालले वार्षिक प्रगति विवरण पेश गर्दै सिमित सहकारीमा देखिएको समस्याकै कारण समग्र सहकारीप्रतिको दृष्टिकोण गलत बनाउन नहुने बताए । पछिल्लोसमयमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सरकार लाग्नुपर्ने बताउदै सहकारी बचाउन सबै शेयर सदस्य अहम भूमिका हुने बताए ।

संस्थाका जेष्ठ शेयर सदस्य डिलाराम भण्डारीको प्रमुख आतित्यथामा भएको कार्यक्रममा सहकारी वोर्डका पूर्व सदस्य संदिप सापकोटा, निर्वतमान अध्यक्ष मणी भण्डारी, सल्लाहकार देवि पौडेल, शेयर सदस्य बेनिराम घिमिरे, लेखासमिति संयोजक शेषकान्त अर्याल लगायत आआफ्ना भनाइ राखेका थिए ।
संस्थाका अध्यक्ष लक्ष्मण बश्यालको अध्यक्षता, सचिव श्याम प्रसाद पाण्डेको सञ्चालन र उपाध्यक्ष हिमलाल भट्टराईको स्वागतमा भएको कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्य तथा असल वचतकर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।






















