रुपन्देहीबाट ई ट्रान्सपोर्टेसन सेवा सुरु

बुटवल, मंसिर २१ गते । ढुवानी सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले रुपन्देहीबाट सेवा सुरु गरिएको छ । ढुवानी व्यवसायलाई प्रविधिमैत्री बनाउने गरी ई–ट्रान्सपोर्टेसन सर्भिस नेपालले व्यवसायीक रुपमा सेवा दिन थालेको हो ।

परिस्कृत र डिजिटलाईसेजन गर्ने उद्देश्यका साथ तिलोत्तमा १३ पत्थरडाँडामा प्रधान कार्यालय सञ्चालन गरिएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकार िगराईएको छ ।
प्रविधिको प्रयोगबाट ई–ट्रान्सपोर्टेसन सर्भिसको सेवा सुरुवात गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसका प्रबन्ध निर्देशक सन्तोष मण्डले जानकारी गराए ।
मोवाईल एप्स मार्फत यातायातको साधानको रुपमा रहेको ढुवानी व्यवसायलाई थप व्यवस्थीत बनाउने ई–ट्रान्सपोर्टेसन सर्विसको मुख्य उदेश्य रहेको प्रबन्ध निर्देशक सन्तोष मण्डलले बताए ।

लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएको ई–ट्रान्सपोर्टेसन सर्विस काठमाण्डौमा पनि विस्तार गरिने ई–ट्रान्सपोर्टेसन सर्विसका प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले बताए ।
प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलका अनुसार ई–ट्रान्सपोर्टेसन सर्विसले ढुवानी क्षेत्रका सबै साना ठूला व्यवसायी र उपभोक्तालाई सहज रुपमा सेवा दिने छ । चरणमा मोबाईल एप्स मार्फत सर्भिस भेईकल्स, मिनी ट्रक, ट्रक, एम्बुलेन्स जस्ता साधानहरु एप जोडीएको छ ।
मोबाईल एप्स मार्फत सेवा ग्राहीहरुले जसबाट सेवा लिन सक्ने छन् भने ट्रान्सपोर्ट कम्पनीहरुले सोही एप मार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा उललेख छ ।
ई–ट्रान्सपोर्टेसन सर्भिस मार्फत ढुवानी सेवाको लागि साधान मगाउन सकिने छ भने गाडीको मर्मत संहारको लागि पनि मेकानिक मगाउन सकिने व्यवस्था गरिएको छ ।
पेट्रोल पम्प लोकेसेनसमेत राखिएको उक्त एपमा सबै प्रकारका गाडीका कागजपत्र नविकरणको एप मार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
एक करोड लागतमा सञ्चालन गरिएको ई–ट्रान्सपोर्टेसन सर्भिसको प्रधानकार्यालय तिलोत्तमा १३ पत्थरडाँडामा र अन्य कार्यालयहरु बुटवलको कालिकानगर,
तिलोत्तमाको योगीकुटी, ओमसतियाको पडसरीमा शाखा कार्यालय स्थापना गरी सेवा सुचारु ग्रिएको छ ।
अहिले रुपन्देहकिो बुटवल, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिका भैरहवामा रहेका एम्बुलेन्स, भ्याकल, मिनी टरक, ग्यारेज तथा पार्किगं एपमा समेटिएको छ ।
आगमी दिनमा यो सेवालाई देशभर विस्तार गरिने प्रमुख कार्यकारी अधिकृत लोकराज पोखरेलले बताए ।






















