राखेप उपाध्यक्षलाई बुटवलमा सम्मान


बुटवल, माघ १२ गते । नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देही राष्ट्रिय खेलकुंद परिषदका उपाध्यक्ष ध्रुव आचार्यलाई स्वागत गरेको छ । नव नियुक्त उपाध्यक्ष आचार्यलाई शनिबार स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।पदभार ग्रहणपछि गृह जिल्ला रुपन्देही आएको बेला एक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष आचार्यलाई स्वागत तथा बधाई ज्ञापन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई शुन्य बनाउने र खेलकुदको सिण्डिकेट तोड्ने बताएका छन् ।परिषद् नियम कानुन अनुसार नचलेको बताउंदै उनले अब बिग्रीएको परिषद्लाई सुधार गरेर देखाउने प्रतिबद्दता जनाए ।
केही ब्यक्तिले खेलकुंद परिषद्लाई दुरुपयोग गरेकाले अब त्यसबाट रोकेर सिस्टममा चलाउने उनले बताए ।परिषदलाई खेलाडी र खेलकुदंको परिषद बनाउने बताउंद उनले भने बोर्डले नीनिगत रुपमा गरेको निर्णयलाई कार्यान्वयन गर्ने बताए ।

भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानिय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुगो लगाउन लागेको उनले बताए । राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजनको कामलाई तिब्रता दिन लागेको उनले बताए ।
ओलम्पिक कमिटिले अदालतको आदेश नमान्ने भन्ने कुरा गलत भएको उनले बताए । राखेपको बैठकबाट खाता रोक्के निर्णय भैसकेको भन्दै उनले बोर्डको निर्णय कार्यान्वयन हुने दाबी गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका निवर्तमान सदस्य सचिव तथा पौडी संघका वरिष्ठ उपाध्यक्ष जयप्रकाश भट्टराईले ओलम्पिक कमिटिको विबाद अन्त्य, खेल संघका समस्या, ऐन संशोधन गर्ने र कर्मचारी समायोजनाका बिषयमा काम अघि बढाउन सुझाव दिए । खेलकुद संघलाई धरासायी हुने गरि राखेपका पदाधिकारी नै गतिविधि गरिरहेको उनले आरोप लगाए । अबैध संघमार्फत ओलम्पिक कमिटि गठनको गलत हुनु निन्दनीय भएको उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डले खेलकुंद क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई हटाउन नसके खेलकुंद क्षेत्र कमजोर हुने र खेलाडी उत्पादनमा समस्या हुने बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खांण रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुंद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुनलगायतले बोल्दै उदाउंदो खेलकुंदै क्षेत्रलाई सबल बनाउने गरी विवादरहित काम गर्न अउाध्यक्ष आचार्यलाईसुझाब दिएका छन् ।
नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको अध्यक्षता र सचिव स्वष्तिक श्रेष्ठका सञ्चालनमा कार्यक्रम भएको थियो ।





















