उद्योगी व्यवसायी नेत्र आचार्य मातृ शोकमा

बुटवल, माघ ५ गते । सिद्दार्थ नगर उद्योग वाणिज्य संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष तथा उद्योगी व्यवसायी नेत्र आचार्य मातृ शोकमा परेका छन् । सिद्दार्थनगर नगरपालिका वडा नम्बर १२ रुद्रपथ निवासी आमा मनमायां आचार्यको ७५ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौको टिचिड अस्पतालमा गत माघ २९ गते निधन भएको हो ।

हाम्रा शुभचिन्तक, उद्योगी व्यवसायी तथा समाजसेवी सिनपा १२ रुद्रपथ भैरहवा निवासी नेत्र आचार्य, नारायण आचार्य, देवेन्द्र आचार्याको ममतामयि आमा र दुर्गा आचार्य, छाया आचार्य, कमला आचार्यकी सासू आमा र जुना शर्मा, तारा शर्मा, सीता शर्मा र देवी शर्माकी आमा मनमाया आचार्याको २०८१ माघ २९ गते ७५ वर्षको उमेरमा भएको असमायिक निधनले नयांदिशा परिवार स्तब्ध भएको छ ।

हाम्रो शुभेच्छुक स्व. आमाप्रती नयांदिशा परिवार हार्दिक सर्दाञ्जली अर्पण गर्दछ । साथै घर परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौ । पञ्चायती व्यवस्था परिवर्तनदेखि गणतान्त्रिक व्यवस्था स्थापनाका लागि राजनीतिक आन्दोलनमा समरपित आचार्य परिवार देशको हितमा परिवर्र्तनका हरेक आन्दोलनमा अहिले पनि प्रतिबद्द छ ।

पञ्चायती व्यवस्था अन्त्यका लागि पञ्चायतको क्रुरुर कालारात्रीमा स्व. आमा मनमायां आचार्यले कम्युनिष्टका नेता तथा कार्यकर्ताहरुलाई संरक्षण गरेर अभिभावकीय जिम्मेवारी पुरा गर्नुभएको थियो । बागलुङमा छदा होस् यात भैरहवामा रहंदा कम्युनिष्ट आन्दोलनलाई साथ सहयोग र समर्थन गर्ने स्व. मनमायां आचार्यको निधले कम्युनिष्ट आन्दोलनलाई क्षती पुगेको राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले बताए ।