बुद्विचाल खेलका लागि बुटवलमा एकेडेमी स्थापना


बुटवल, जेठ ३० गते । केही वर्ष यतादेखि नेपालमा चेस तथा बुद्विचाल खेलप्रति रुची बढेको देखिन्छ । विश्वव्यापी रुपमा हेर्ने हो भने बुद्धिचाल खेल लोकप्रिय छ । नेपालमा कम खेल्ने गरिएपनि पछिल्ला केही वर्ष यता नेपालमा पनि यसका खेलकर्ता बढेको खेलपे्रमीहरु बताउछन् ।

बौद्धिक क्षमताको विकास, रणनीतिक सोंच र अनुशासन सिकाउने माध्यमका रूपमा यो खेल युवा पुस्ता बढी आर्कषित देखिन्छ । नेपालमा बुद्धिचाल खेलप्रति चासो राख्दै बुटवल–११, देविनगरमा लुम्बिनी चेस एकेडेमीको उद्घाटन गरिएको छ । यो खेलप्रति मानिसको रुची बढेपछि चेस एकेडेमी स्थापना गरिएको हो ।
गणेश बहादुर थापाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गरी चेस एकेडेमी उद्घाटन गरिएको हो । उक्त कार्यक्रममा चेस एकेडेमीका संस्थापक तथा प्रशिक्षक शिखर रेग्मीले एकेडेमीको उद्देश्य र आगामी योजनाबारे जानकारी गराउंदै चेस खेल बुद्विपु राएर खेल्ने खेल भएको बताउंदै यसको विकासका लागि आफु लागि परेको बताए ।

“हामीले लुम्बिनी चेस एकेडेमीलाई आधुनिक शिक्षण पद्धति, व्यक्तिगत मार्गदर्शन र प्रतिस्पर्धात्मक वातावरणको संयोजनमा स्थापित गरेको बताउंदै उनले भने– हामी यहीँबाट भोलिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस च्याम्पियनहरू उत्पादन गर्ने छौ ।
एकेडेमीले विभिन्न समूहलाई लक्षित गर्दै स्तर अनुसारको तालिम, अन्तरविद्यालय तथा खुला प्रतियोगिता, कार्यशाला र विश्लेषणात्मक सेसनहरू सञ्चालन गर्ने योजना अघि सारेको छ।
नेपालमा चेस बुद्धिचाल प्रतिको अभिरुचि बढ्दै गइरहेको अवस्थामा यस प्रकारको व्यावसायिक तथा शैक्षिक एकेडेमीले चेसको भविष्य उज्यालो बनाउनेछ भन्ने विश्वास लिइएको छ।
लुम्बिनी चेस एकेडेमीले शिक्षा, खेलकुद र मानसिक विकासको संगमको रूपमा युवाहरूमाझ चेस (बुद्धिचाल) लाई अझ प्रभावकारी रूपमा विस्तार गरिने खेलप्रेमीहरुले बताएका छन् । शिखर रेग्मीको सञ्चालनमा यो कार्यक्रम भएको थियो ।





















