अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम


बुटवल ।
धान दिवशका अवसरमा रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटीक तथा गिफ्ट वस्तुगत उपसमितिको आयोजनामा आइतवार बुटवलमा अग्रज सम्मान तथा दहि चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु शंकर भट्टराई, मोतिलाल पाण्डे, यमलाल लोहनी, पदम श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, संस्थापक महासचिव गोपाल अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यवसायीक हकहितका लागि स्थापित संघले आर्थिक समृद्धिका लागि व्यवसायीक एकतामा जोड दिनु पर्ने बताउनु भयो । उहाले हिजोको कठिन परिश्थतीमा जन्मेको व्यापार संघलाई अगाडी बढाउन धेरै व्यक्तिहरुको पसिना बगेको उल्लेख गर्दै व्यवसायमा आएको चुनौतिलाई हटाउन सबै लाग्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

उपसमितिका संयोजक सरोज ज्ञवालीको अध्यक्षता तथा सह–सचिव कल्पना शर्माको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक महासचिव गोपाल अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, उपसमितिका सल्लाहाकार मनिमदिन मिया लगायत बोल्नु भएको थियो ।























