आगमी पुस ३ गते रुपन्देहीमा युवा उद्यमी सम्मेलन हुने


बुटवल, मंसिर २७ गते । युवा उद्यमी मञ्च रुपन्देहीले युवा उद्यमी सम्मेलन गर्ने भएको छ ।व्यवसायिक सोंच भएका युवाहरुलाई एक ठाउंमा आवद्व गराउने मुख्य उद्वेश्यले युवा उद्यमी सम्मेलन आयोजना गरिएको हो। युवा उद्यमी मञ्च रुपन्देहीले सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आगमी पुस ३ गते उद्यमी सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएएको छ ।
२०१२ मा स्थापना भएको युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा हुने उक्त एक दिने युवा उद्यमी सम्मेलनमा देशभरका युवा उद्यमीहरुले भाग लिन सक्नेछन्। व्यवसायमा लाग्न खोजेको युवाहरुलाई एक साथ एक ठाउंमा जम्मा गरेर विभिन्न विषयमा छलफल गरिने युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदीप शाक्यले बताए।
उद्यमीहरुले सामना गरिरहनु परेका मुद्वाहरु प्रकाश पािरने र ति विषयमा छफफल गरिने अध्यक्ष शाक्यले पत्रकार सम्मेलनमा जानकारी गराए। युवा उद्यमीबीच सम्पर्क बिस्तार गरिने, आंकाक्षी युवा उद्यमीहरुलाई उद्योगीहरुसंग जोड्ने, नेपाली अर्थतन्त्रका विषयमा जनचेतना अभिवृद्वि गर्नका लागि सम्मेलनको आयोजना गरिएको आयोजकहरुको भनाइ छ। दुई सयदेखि ३ सय युवा उद्यमी जम्माहुने उक्त सम्मेलनमा अजीतविक्रम शाहा, अस्गर अली, सिक्षित भट्ट, पवित्रा गौतम, कृषिन विज्ञ राजेन्द्र देवकोटा, निरज खनाल र लुम्बिनी प्रदेश योजना आयोगका डाक्टर दामोदर भुसाल लगायतले विभिन्न विषयमा कार्यपत्र प्रस्तुतका साथै छलफल गर्नुहुने कार्यक्रम रहेको छ। ११ देखि १२ लाख लगानीमा सम्पन्न गरिने उक्त युवा उद्यमी सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुनेछ।























