रुपन्देही व्यापार संघमा वस्तुगत उपसमिति गठन


बुटवल, माघ २९ गते । रुपन्देही व्यापार संघले वस्तुगत समिति विस्तार गरेको छ । संघले वार्षिक कार्यतालिका अनुसार वस्तुगत समिति विस्तार गरेको हो । संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई एकीकृत गर्ने उद्देश्यले बुधबार व्यवसायीको भेला आयोजना गरी कृषि एवं युवा उद्यमी व्यवसायीहरुको बस्तुगत उपसमिति गठन गरिएको छ ।

्भेलाले पुरानो समिति पुर्नगठन गर्दै पुनः नेत्रप्रसाद अधिकारी विष्णुको संयोजकत्वमा ११ सदस्यीय कृषि वस्तुगत उपसमिति र पुनः शालिकराम न्यौपानेको संयोजकत्वमा १३ सदस्यीय युवा उद्यमी वस्तुगत उपसमिति गठन गरिएको संघका अध्यक्ष प्रकाश ढकालले जानकारी गराए ।
कृषि वस्तुगत उपसमितिको सह–संयोजकमा कमलप्रसाद आचार्य, सचिवमा तुल्सीराम रिजाल र कोषाध्यक्षमा भेषराज भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा राजन वर्णवाल, रामप्रसाद मरासिनी, राजु पोखरेल, उमानाथ पौड्याल, चन्द्रलाल आचार्य, विपिन अग्रहरी, कृष्णमणि खनाल र सल्लाहकारमा कृष्णप्रसाद पोखरेल, भिमकान्त पन्थी, बाबुराम भुसाल, मो याकुव, मनिष वर्नवाल रहेका छन् ।

युवा उद्यमी वस्तुगत उपसमितिको सह–संयोजकमा योगेन्द्र कंडेल, सचिवमा हरिकृष्ण सुवेदी, कोषाध्यक्षमा पिताम्बर पाण्डे., सह–सचिवमा कमल खनाल चयन भएका छन् । दुर्गानाथ पाण्डे, सागर आचार्य, दिपक पौडेल, घनश्याम पोखरेल, प्रेमराज पन्थ, अमृत घिमिरे, देवराज खनाल, गौरव पाण्डे सदस्यमा चयन भएका छन्, भने सल्लाहकारहरु गणेश पन्थ, देवीदत्त कंडेल रहेका छन् ।
भेलामा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले व्यवसायिक एकतामा जोड दिंदै उपसमिचिहरु व्यापार संघका लागि पिल्लर भउको बताउंदै व्यवसायीक क्षेत्रमा जिम्मेवार भएर लाग्न आग्रह गरे । व्यवसायीका समस्याहरु पहिचानका लागि पहल गर्न उपसमितिहरुलाई आग्रह गर्दै संघमा आवद्द सबै व्यवसायीका समस्याप्रति संस्थाले सस्थागत काम गर्ने बताए । अध्यक्ष ढकालले व्यावसायी समस्या समाधानका लागि एकजुट भएर रुपन्देही व्यवापार संघका आवद्द हुन आग्रह गरे ।
नवनिर्वाचित संयोजक नेत्रप्रसाद अधिकारी विष्णु र शालिकराम न्यौपानेले आफ्नो कार्यकालमा भएका रचनात्मक क्रियाकलापहरु, कृषि र युवा उद्यमी व्यवसायीहरु एकुजट भई व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव जयलाल न्यौपाने, संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपाल, कार्यसमिति सदस्य केदारनाथ नेपाल, टेकराज पन्थी, अशोक ज्ञवाली, गोविन्द चापागाई, प्रेमनाथ पाण्डे, मनिराम खनाल, माधवप्रसाद ज्ञवालीलगायतले आआफ्ना धारणा राखेका थिए ।
कृषि वस्तुगत उपसमितिका संयोजक नेत्रप्रसाद अधिकारी विष्णुको अध्यक्षता, वस्तुगत उपसमितिका संयोजक शालिकराम न्यौपानेको स्वागत र वस्तुगत उपसमितिका सह–संयोजक योगेन्द्र कंडेलको संचालनमा कार्यक्रम भएको हो ।
संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।






















