रुपन्देही व्यापार संघमा वस्तुगत उपसमितिहरु गठन

बुटवल, चैत १७ गते । रुपन्देही व्यापार संघमा आवद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायी एवं विभिन्न व्यवसायीको भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न भेलाले उपसमिति गठन गरेको हो ।

होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमिति, अतिरिक्त क्रियाकलाप वस्तुगत उपसमिति र अन्तरदेशीय व्यापार समन्वय उपसमिति गठन गर्दै सुनिल गौतमको संयोजकत्वमा ११ सदस्यीय होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमिति र प्रदिपप्रसाद पन्थको संयोजकत्वमा ११ सदस्यीय अन्तरदेशीय व्यापार समन्वय उपसमिति गठन गरिएको छ ।

होटल तथा रेष्टुरेण्ट वस्तुगत उपसमितिको सह–संयोजकमा नारायण गौतम, सचिवमा कुलचन्द्र गौतम, कोषाध्यक्षमा पवित्रा ज्ञवाली र रामप्रसाद पाण्डेमा सह–सचिव रहनु भएको छ । सदस्यहरुमा रोमाकान्त पाण्डे, ध्रुव ज्ञवाली, विष्णु गौतम, प्रेम न्यौपाने, माधव जीसी, यमबहादुर सारु चयन भएका छन् । माधवकुमार खनाल, मधुरा भण्डारीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तै अन्तरदेशीय व्यापार समन्वय उपसमितिको सह–संयोजकमा बालकृष्ण बस्याल, सचिवमा मेघदेव पन्त, कोषाध्यक्षमा शालिकराम घिमिरे, सह–सचिवमा मनोज पाण्डे रहेका छन् । सदस्यहरुमा रितेश ज्ञवाली, अभिषेक भट्टराई, मित्रलाल पाण्डेय, मित्रबन्धु भण्डारी, मदन घिमिरे, क्षितिज न्यौपाने रहेका छन् । त्यस्तै शंकर ज्ञवाली, मदन अधिकारी, र मधु पन्थीलाई सल्लाहकारमा चयन गरिएको छ।

भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रकाश ढकालले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको पिल्लरको रुपमा जिम्मेवारी पुरा गर्न आग्रह गर्दै उहाँले व्यवसायीहरुको समस्याहरु केके हुन् भनेर उपसमितिले पहिचान गर्न पहल गर्नेुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रवद्र्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै व्यवसायीक एकता र वदलिदो परिस्थितीलाई समयमा चिन्न नसकेमा व्यापार अगाडी बढ्न नसक्ने बताए ।

कार्यक्रममा नव गठित संयोजकहरुले आफ्नो कार्यकालमा वस्तुगत उपसमितिलाई सक्रियतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेलामा महासचिव प्रकाशराज पौडेल, कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, सचिव जयलाल न्यौपाने, महिला सचिव वृन्दा भट्टराई आचार्य, कार्यसमिति सदस्य गोविन्द चापागाई, प्रेमनाथ पाण्डे, माधवप्रसाद ज्ञवाली, टेकराज पन्थी, धर्मदत्त ज्ञवाली लागयतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीक संगठनात्मक भूमिकाबारे आआफ्ना भनाइ राखेका थिए ।

रुपन्देही व्यापार संघका विभिन्न क्षेत्रका व्यवसायीलाई संगठित गरी उपसमितिहरु गठन गरिएको छ ।