रोल्पा दुर्घटनामा मृत्यु हुने २० जनाकै पहिचान खुल्यो


बुटवल, बैशाख १८ गते । रोल्पामा भएको दुर्घटनामा मृत्यु हुने २० जनाको पहिचान खुलेको छ। रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाले ज्यान गुमाएका थिए, भने एक जना यात्रु घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ का गोर्ख बुढाथोकी , तिलकुमारी बुढाथोकी, युवा बिसी, दिव्यन बिसी, सृजना बुढाथोकी, सुदीप बुढाथोकी, ओमकुमारी बुढाथोकी, दाङ घोराही उपमहानगरपालिका–१५ का दोरपती जिसी, तिला जिसी, जेनिस जिसी, जेनिसा जिसी, एलिना जिसी, संयोग जिसी, यमबहादुर जिसी, घोराही–१३ की धनमाया बिष्ट, दाङ शान्तिनगर गाउँपालिकाका बेदु कामी, सिस्ने–५ की मीना कमिनी, लक्ष्मी शाह, भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत तथा सिस्ने–५ की रुक्मिना बस्नेत छन्।
दुर्घटनास्थल अत्यन्तै अप्ठ्यारो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव संकलनमा केही ढिलाइ भएको प्रहरीले जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सक्रिय सहभागितामा उद्धार कार्य सम्पन्न गरिएको थियो।

प्रहरीका अनुसार जिपमा सवार एक जना यात्रुले दुर्घटना हुनुअघि जिपको छतबाट हाम फालेर ज्यान जोगाउन सफल भएका हुन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरलिे बताएको छ ।
दुर्घटनाले सिङो गाउं शोकमा डुबेको छ ।






















