प्रधानमन्त्रीको अभिव्यक्ति विवादित

काठमाडौँ, जेठ १७ गते । कतिपय स्थानमा नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जबाफ दिंदा प्रधानमन्त्रीले भनेका थिए– ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको, भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । प्रधानमन्त्रीले यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्ने पनि बताए ।

अहिले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चौतर्फी बिरोध भएको छ, भने संसदमा प्रधानमनत्रीको राजीनामाको माग उठेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले भारतको कतै पनि जमिन नमिचेको स्पष्ट पारका छन् ।