सरकारको गलत निर्णयको बिरोध गर्दै पत्रकारहरु धर्नामा

बुटवल, जेठ २७ गते । बालेन्द्र सरकारले नीजि क्षेत्रको लगानीबाट सञ्चालित मिडियाहरुमा दिंदै आएको विज्ञापन रोक्ने निर्णय गरेपछि नेपाली पत्रकारहरु आन्दोलनमा उत्रेका छन् ।

सरकारी मिडियालाई विज्ञापन दिने र नीजि, सामूदायिक मिडियाहरुलाई विज्ञापन नदिने निर्णय गरेपछि देशभरका पत्रकारहरु आन्दोलनमा उत्रेका हुन् ।

आज जेठ २७ गते सरकारले गरेको निर्णयबिरुद्द पत्रकारहरुले देशरभका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।
विज्ञापनमा सरकारले गरेको विभेदपूर्ण निर्णय खारेज नगरेसम्म आन्दोलन फिर्ता नहुने र सरकारलाई झुकाउने खालका आन्दोलनहरु अगाडि बढाउने पत्रकारहरुको भनाइ छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि आज जिल्ला प्रशासन कार्यालय भैरहवामा धर्ना दिएको छ ।