राजमोले सरकारलाई बुझायो ध्यानाकर्षण पत्र


बुटवल, साउन ७ गते । महंगी, भ्रष्टाचार, सीमा विवाद तस्करी लागु औषधको अवैध ब्यापार, मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन्, करबृद्धि करको दर बढ्दा जनता मारमा परेका भन्दै राष्ट्रिय जनमोर्चा रुपन्देहीले सरकारको ध्यानाकर्षण गरेको छ ।

महंगी, भ्रष्टाचार, लागुऔषध नियन्त्रण गर्न, नदीजन्य पदार्थको अबैध उत्खनन् रोक्न र करवृद्दि हटाउन माग गर्दै राष्ट्रिय जनमोर्चा रुपन्देहीले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका कार्यबाहक अध्यक्ष इन्दिरा उपाध्यायको नेतृत्वमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, नेकपा मसालका जिल्ला प्रवक्ता लालचन्द पन्थ,राजमो जिल्ला सचिव किष्णप्रसाद पोखरेल शिवराम घिमिरे, बिष्णु श्रीनेत आरिफ आलमलगायतको टोलीले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सहायक प्रखुख जिल्ला अधिकारीले ध्यानाकर्षण पत्र प्रधानमन्त्री समक्ष पुराउने प्रतिबद्दता जनाएका छन् ।























