सरकार निरंकुशतातर्फ उन्मुख – मोहनविक्रम


काठमाडौँ, साउन २ । नकेपा मसालका महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवादी शक्ति केन्द नेपाललाई युद्धको अखडा बनाउने षडेयन्त्रमा लागेको बताएका छन् ।

वैदेशिक शक्तिहरूको दबाब र हस्तक्षेपका कारण नेपाल संकटतर्फ धकेलिँदै गएकाले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि संघर्ष आवश्यक रहेको बताए ।
काठमाडौँमा शनिबार आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री सिंहले विदेशी शक्ति केन्द्रहरूको प्रभावमा सरकार सञ्चालन हुने अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

नेपालमा अमेरिकी प्रभाव र पहुँच बढ्दै गएको भन्दै महामन्त्री सिहंले भने – अमेरिका र चीनबीचको बढ्दो भू–राजनीतिक तनावको केन्द्र नेपाललाई बनाउन खोजिएको छ ।
सिंहले एमसीसीलगायतका सम्झौतामार्फत नेपाललाई सैन्य तथा रणनीतिक गठबन्धनमा तान्ने प्रयास भइरहेको बताउनु भएको छ । ‘यस्तो प्रवृत्तिले नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय सुरक्षामा असर पर्न सक्न छ ।
नेपाली भूमिलाई छिमेकी चीनविरुद्ध प्रयोग गर्ने प्रयास भइरहेको दाबी गर्दै सिंहले नेपालका केही क्षेत्रमा तिब्बतसम्बन्धी गतिविधि बढ्दै गएकाले त्यस्ता गतिविधिले देशलाई द्वन्द्वतर्फ धकेल्ने बताए ।
नेपाली कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरूले लामो समयसम्म शासन चलाएपनि देशमा कुशासन र भ्रष्टाचार अन्त्य हुन नसक्दा जनतामा निराशा बढेको नेता सिंहको तर्क छ ।
महामन्त्री सिंहले वर्तमान सरकार क्रमशः निरंकुश र तानाशाही दिशातर्फ उन्मुख भएको दाबी गर्दै भने विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारमाध्यममाथि दबाब र दमन बढाउनु गलत हो ।























