अखिल नेपाल किसान महासंघ तिलोत्तममा भेला सम्पन्न, अध्यक्षमा शिवराम


बुटवल, साउन २० गते । रुपन्देहीको तिलोत्तममा अखिल नेपाल किसान महासंघ नगरस्तरीय दोस्रो भेला भएको छ । नगरमा रहेका किसानहरुलाई एकीकृत तथा संगठित गर्नका लागि भेला आयोजना गरिएको हो ।
उक्त भेलामा बोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्रबहादुर केसीले किसानहरुका समस्या झनपछि झन जटिल बन्दै गएको बताए । किसानमुखि सरकार नभएकाले नेपाली किसानहरुले समस्या झेल्नु परेको उनले बताए । 

नेता केसीले यो सरकारले किसान, मजदुर तथा काम गरेर खाने वर्गको हितमा काम गर्न नसक्ने बताउंदै भने कम्युनिष्ट पार्टीको व्यव्स्था कायम भएमात्र किसान, मजदुरका समस्या हल हुन्छन् । किसानलाई सिंचाई र समयमा मलविउ उपलब्ध गराई किसानले उत्पादन गरेका कृषि उत्पादन सरकारले उचित मुल्यमा खरिद गर्ने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए ।
कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले कृषि र श्रम गरेर खाने वर्गको समस्या समाधान यो व्यवस्थाबाट सम्भव नहुने भएकाले किसानहरु संगठित हुनुपर्नेमा जोड दिए ।
अखिल नेपाल किसान महासंघ लुम्बिनीका अध्यक्ष गणेश गौतमले मुलुकको सम्वृद्दिका लागि कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिन नसकेको बताए । उनले वास्तविक किसानहरुलाई अनुदान दिनुपर्ने बताउंदै सत्ता र शक्तिको आडमा गैरकिसानहरुलाई दिइने अनुदान रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन्द पन्त, अखिल नेपाल महिला संघ रुपन्देही अध्यक्ष इन्द्रिरा ज्ञवाली, जनजाती सम्मेलनका नगेन्द्रराज श्रीनेत, जातीय समता समाजका यामबहादुर परियार, अन्टुक रुपन्देही अध्यक्ष कविराज गिरी लगायतले बोलेका थिए ।
शिवराम घिमिरेको अध्यक्षता, नरबहादुर थापाको स्वागत र हर्कबहादुर टण्डनको सञ्चालनमा भेला सम्पन्न भएको हो । उक्त भेलाबाट शिवराम घिमिरेको अध्यक्षतमा अखिल नेपाल किसान महासंघ तिलोत्तमा नगर समिति गठन गरिएको छ ।
जसको उपाध्यक्ष नरबहादुर थापा, सचिव माधव भुसाल र कोषाध्यक्षमा हुमाकान्त अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रुकबहादुर पराजुली, कविराज गिरी, रुपेश घिमिरे, प्रेम पन्त लगायत रहनुभएको छ । त्यस्तै सल्लाहाकारमा हर्कबहादुर टण्डनलाई चयन गरिएको छ ।






















