चौतारीका अध्यक्षलाई प्रहरीले पक्राउ गर्न खोजेको घटनाप्रति निन्दा


बुटवल, भदौ २७ गते । समाचार लेखेकै भरमा र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले आज धरपकड गर्दै जबर्जस्ती पक्राउ गर्न खोजेको छ ।

काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा संगठनको कार्यक्रम भइरहेको बेला आज दिउँसो ४ बजेतिर नेपाल प्रहरीको केन्द्रीय साइबर व्यूरोको अधिकारी भन्दै सादा पोशाकका प्रहरीले अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजेका थिए ।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानुनी व्यवस्था हुंदा हुंदै समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पक्राउ गर्न खोजिनु स्वतन्त्र प्रेस र देशको कानुनको ठाडो उल्लंघन हो ।

उक्त घटनाको प्रेस चौतारी नेपालले विज्ञप्त निकालेर न्दिा गरेको छ । उक्त घटनाको विषयलाई लिएर नेपाल पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, पे्रस युनियन, समाजवादी पे्रस संगठन लगायत पत्रकार निकट संघसंगठनले निन्दा गरेका छन् ।






















