बुटवल अटोको साधारण सभा तथा अधिवेश, नेतृत्वका लागि निर्वाचन

बुटवल, भदौ २९ गते । बुटवल अटो ईन्जिीनयरिङ एशोसीयसनको शनिबार भएको २९ औ बार्षिक साधारण सभा तथा १५ अधिवेसनको औपचारिक कार्यक्रम सकिएको छ । शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनमा बोल्ने वक्ता तथा सरोकारवालाहरुले व्यवसायीको हितमा व्यवसायिक संघसस्थाबीच सहकार्य र एकता आवश्यक पर्ने बताएका छन् ।

बुटवलको अटो क्षेत्रको विकास र विस्तारमा लागि स्थानीय सरकारले सहयोग नर्गुपर्ने बताउंदै अटो क्षेत्रको विकासले देशको अर्थतन्त्र बलियो हुने उनीहरुले बताए । उक्त कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले अटो ईन्जीनयरिङ एशोसीयसन, पश्चिम नेपाल बस व्यवसायी प्रालि र ट्रक समितिलाई व्यवसायिक हितका लागि एक ठाउंमा रहन आग्रह गरेका छन् ।
माग अनुसार कार्यक्रम बनाएर अटो ईन्जीनयरिङ एशोसीयसन, पश्चिम नेपाल बस व्यवसायी प्रालि र ट्रक समितिलाई सहयोग गर्ने प्रतिवद्दता जनाए ।
नगर प्रमुख पाण्डेले मेरो पालामा नभएको समस्या समाधान वा सम्बोधन अन्यको पालमा हुनै नसक्ने बताउंदै ठोस कार्यक्रम र योजना ल्याउन आग्रह गर्दै भन– । यातायात क्षेत्रका समस्या समाधानका गर्न सबैजनाले आ आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउंदै स्थानीय सरकारको नाताले समस्या समाधानका लागि पहल गर्ने छु र बजेटको व्यवस्था गर्ने छु ।

नेपालकै नमुना अटो भिलेजलाई नमुनाको बनाउन पहल भैरहेको बताउंदै बाउबाजेको पेशा छोरा नातीलाई हस्तान्त्रण गर्नुपर्ने र त्यसका लागि अटो ईन्जीनयरिङ एशोसीयसनलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए । अटो भिलेज स्थापनाको लागि जग्गा उपलब्ध गराएर स्थापना भएपनि होटल तथा रेष्टुरेन्ट स्थापना गरेर काम गर्नु आफैमा गलत भएको प्रमुख पाण्डेयको भनाइ छ ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले अटो व्यवसायीहरुको हितका लागि सरकार गम्भीर नहुंदा व्यवसायीका समस्या बढ्दै गएको बताए । बुटवलमा स्थापना गर्न लागिएको अटो ईन्जीनियरिङ कलेजको विषयमा सबैले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले याताता व्यवसायी र अटो क्षेत्रका विचमा सहकार्य नभएको बताउंदै सहकार्य आवश्यक छ भने ।

कार्यक्रममा अटो ईन्जीनयरिङ एशोसीयसनका संस्थापक अध्यक्ष खड्गबहादुर गौतम, पूर्व अध्यक्ष केवल प्रसाद यादव, नेपाल चेम्बर अफ लुम्बिनीका अध्यक्ष तथा संस्थाका सल्लाहकार टंक पोखरेल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरे, सयनसिंह गौतम, नेकपा एकीकृत समाजवादीमा चिनबहादुरङ, माओवादी केन्द्रका महेन्द्र भुसाल, राजन पाण्डेय लगायतले बोल्नुभएको थियो । संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तुल्सीराम न्यौपानेले अटो ईन्जीनियरिङ कलेज स्थापनाका लागि पहल जारी रहेको बताउंदै सबैको साथ सहयोग चाहिने बताए ।

बुटवल अटो ईन्जिीनयरिङ एशोसीयसनको साधारण सभा तथा अधिवेशन सम्पन्न भएपनि नयां नेतृत्वका लागि सहमती हुन नसकेपछि निर्वाचनको तयारी गरिएको छ ।
नयां नेतृत्वका लागि दुई प्यानलमा विभाजित अटो व्यवसायी चुनावी प्रतिष्पर्दामा उत्रएिका छन् ।

उक्त साधारण सभा तथा अधिवेशनको अवसरमा अटो क्षेत्रमा मिडियाको क्षेत्रमा सहयोग पुराएको भन्दै एशोसिएसनका पे्रस सल्लाहकार दामोदर खनाललाई आर्थिकसहित पुरस्कृत गरिएको छ ।  त्यस्तै एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने व्यवसायीका छोराछोरीलाई सम्मानसहित पुरस्कृत गरिएको छ । त्यस्तै सरसफाई र उत्कृष्ट काम गर्ने व्यवसायीलाई पनि सम्मान गरिएको छ ।