बुटवल अटो एशोसिएशनमा प्रेम गौचन निर्वाचित

   बुटवल, असोज १ गते । बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनको अध्यक्षमा पे्रम गौचन निर्वाचित भएका छन् । एशोसिएशनको १५ औं अधिवेशनबाट अध्यक्षका प्रतिष्पर्दी तुल्सीराम न्यौपानेलाई हराउंदै २ सय ४७ मत प्राप्त गरी पे्रम गौचन अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका प्रतिष्पर्दी तुल्सीराम न्यौपानेले २ सय ३० मत प्राप्त गरी पराजित हुनुभएको प्रमुख निर्वाचन अधिकृत शालिकराम बञ्जाडेले जानकारी गराएका छन् ।

अधिवेशनबाट एशोसिएशनको उद्योग उपाध्यक्षमा धुर्वराज भुसालले २ सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो । त्यस्तै वणज्यि उपाध्यक्षमा बाबुराम आचार्यले २ सय ५५, महासचिवमा पुनित पोखरेलले २ सय ५२, सचिवमा मनिष पाण्डेयले २ सय ४१ कोषाध्यक्षमा नमराज सुवेदीले २ सय ८१ मत र सहकोषाध्यक्षमा केशवराज भण्डारीले २ सय ५० मत प्राप्त गरी विजयी भएका छन् ।

एशोसिएशनको कार्यसमितिमा गोपालप्रसाद गैरेले २ सय ७५, यज्ञप्रसाद पाण्डेयले २ सय ३३, युदुमणि पंगेनी दीपकले २ सय ४२, शूर्यनारायण महतोले २ सय ६० मत र विजय पाण्डेयले २ सय ४१, गुरुप्रसाद भट्टराईले २ सय ५४, हिमालकुमार श्रेष्ठले २ सय ६९ मत र गणेश तिमल्सिनाले २ सय ३८ मत प्राप्त गरी निर्वाचित भएको पे्रस सल्लाहाकार दामोदर खनालले जानकारी गराए ।

त्यस्तै लेखा समितिको संयोजकमा २ सय ६४ मत प्राप्त गरी रोशन पाण्डेय विजयी भएका छन्, भने लेखा समितिको सदस्यमा नारायणप्रसाद खनालले २ सय ५२ र अरुणकुमार अर्यालले २ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पे्रम गौचनले बुटवलको अटो ईन्जिनियरिङ एशोसिएशनलाई नमुनाको रुपमा विकास गर्नका लागि सबैसंग सहकार्य र एकता गरेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्वता जनाएका छन् ।