उद्योग संघको अध्यक्षमा पौडेल निर्बिरोध



बुटवल, २१ असोज–रुपन्देही उद्योग संघको अध्यक्षमा माधव पौडेल निर्बिरोध निर्वाचित हुनु भएको छ । संघको २२ औं अधिवशेन अन्तरगत विहीवार तय भएको उम्मेद वारी दर्ताका क्रममा अध्यक्षमा पौडेलको मात्र उम्मेदवारी दर्ता भएपछि उहाँ आगामी कार्यकालका लागि निर्विरोध हुने निश्चित भएको हो ।
निर्वाचन कार्यक्रम अनुसार निर्धारित समयमा संघको महासचिव र सचिव खुल्लामा बाहेक अन्य सबै पदहरुमा एकल उम्मेदवारी दर्ता दर्ता भएको छ । दर्ता भएका उम्मेदवारी उपर दावी विरोध तथा फिर्ता दिने समय भोली शुक्रवारसम्म तोकिएको हुदाँ संघको सबै पदमा निर्विरोध हुने अनुमान गरिएको छ ।


यसैगरि बरिष्ठ उपाध्यक्ष पदमा दिलिप सापकोटा, प्रथम उपाध्यक्ष पदमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्ष पदमा जिबकान्त काफ्ले र कोषाध्यक्ष पदमा हिरामणी भटराईको मात्रै एकल उम्मेदवारी परेको छ भने महासचिव पदमा हरि बहादुर खत्री र माया खनालको उम्मेदवारी परेको छ र सचिव(खुल्ला) पदमा बसन्त ढकाल र यमलाल भट्टराईको उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी महिला सचिव पदमा मन्जु भुसाल र सहकोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको मात्र उम्मेदवारी परेको छ । आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवालीको उम्मेदवारी परेको छ ।
संघको ८ जना खुल्ला सदस्यका लागि सहमति अनुसार प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचालको उम्मेदवारी परेको छ । यता बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल तथा तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासे र शुद्धोधन गाउपालिकाबाट रमेश खनालले उम्मेदवारी दर्ता गरेका छन् ।
संघमा नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रले पार्टीगत रुपमा पद वाडफाड गरेका हुन् । सहमति बनाउने सर्तमा तिन दलले संघका पूर्व अध्यक्षहरुको एक कार्यदल बनाएर पद भागबण्डा गरेका थिए । जस अनुसार एमालेलाई अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित सदस्यहरु, नेपाली कांग्रेसलाई द्वितिय उपाध्यक्ष र महिला सचिवसहित ४ सदस्य र माओपादी केन्द्रलाई सहकोषाध्यक्षसहित २ सदस्य पाउने गरि सहमति गरिएको थियो । कार्यदलमा एजाज आलम, बोनिन पिया र गणेश प्रसाद अधिकारी रहेका थिए ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










