लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहद्वारा नश्ल श्रोत केन्द्र स्थापना


बुटवल, मंसिर १५ गते कृषिसंग सम्बन्धित रहेर रुपन्देहीको सियारीमा पशुपंक्षी तथा बाख्रा पालन गरिएको छ। कृषि अन्तर्गत विभन्न जातका विउविजन, बेर्ना, तरकारी, फलफुल उत्पादन र पशुपंक्षी तथा बाख्रापालन व्यवसाय सञ्चालन गरिएको छ ।लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहले २०६९ सालदेखि सियारी गाउंपालिका ४ धमसरमा कृषि क्षेत्रमा काम गर्दै आएको छ।
लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहले बोयर बाख्रा शुद्व नश्ल श्रोत केन्द्र स्थापना गर्ने भएको छ। बोयर जातका बाख्रा उत्पादनका लागि कृषक समूहले नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना अनुदान कार्यक्रममा छनोटमा परेको छ। बोयर बाख्रा शुद्व नश्ल श्रोत केन्द्र स्थापनाका लागि लुम्बिनी बहुउद्वेश्य कृषक समूले ७० लाखको परियोजना पाएको छ।
७० लाखमध्ये ३५ लाख नेपाल सरकारको अनुदान र ३० प्रतिशत कृषि विकास बैंकके ऋण र र २० प्रतिशत कृषक समूहको लगानीबाट बोयर बाख्रा शुद्व नश्ल श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ । नेपाल सरकार अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना बुटवल र लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहबीच सम्झौता भएको हो।
परियोजना सम्झौता भएपछि सरोकार र जनप्रतिनिधिको सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ। सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कृषि खाद्यय प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पशुपंक्षी विकास महाशाखाका पशु चिकित्सक लोकराज भुसालले सम्झौता अनुसार काम गरेर कृषि तथा पशुपालनबाट प्रतिफल ल्याउन आग्रह गरेका छन्।उनले नीजि क्षेत्रका बैंकहरुको प्रकृया झण्झटिलो हुने हुंदा कृषकहरुले समस्या भोग्नु परेको बताउंदै सरकारी तवरबाट आउने वजेटलाई शिर्षक अनुसार सही ढंगले प्रयोगमा लगाए त्यसले राम्रो प्रफिट दिन सक्ने भएकाले अब काम गरेर व्यवहारमा देखाउनुको विकल्प नभएको बताए।
कृषकहरुको हौसला प्रदान गर्ने गरी सरकारले ल्याएको कृषि कार्यक्रम राम्रोसंग सञ्चालन गरेर उत्पादन बढाएर देखाउन सकेमात्र कृषिबाट देश आत्मनिर्भर बन्न सक्ने पशुचिकित्सक भुसालको भनाई छ। सियारी गाउंपालिका ४ का वडाध्यक्ष श्रीप्रसाद श्रेष्ठले देशको आर्थिक समृद्विका लागि राज्यले कृषिलाई पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।


बोयर बाख्राका पाठा, पाठी उत्पादन गर्न २० वटा शुद्व बोयर बाख्रा र एउटा शुद्व बोयर बोका खरिद गरिने लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहका अध्यक्ष गंगालाल सापकोटाले जानकारी गराउनुभयो। कृषक समूहका अध्यक्ष गंगाल सापकोटाको अध्यक्षता र बसन्त भुसालको सञ्चालनमा भएको कार्यक्रममा पशुपंक्षी विकास महाशाखाका अधिकृत अधिकृत सुन्दर विक,सियारी गाउंपालिका कृषि शाखा प्रमुख गणेशप्रसाद खनाल,विश्वराम रावत,खुमानन्द भुसाल,मानबहादुर केसी लगायतले बोल्दै नेपालमा कृषि क्षेत्रको दायरा ठूलो भएकाले उत्पादनसंग जोडिनुपर्छ भन्ने सबैमा भावनाको विकास हुन आवश्यक रहेको बताए।
लुम्बिनी बहुउद्वेश्य कृषक समूह नामक कृषि संस्था २०६९ कार्तिक १ गते सरोकारवाला निकायमा दर्ता गरी कृषि अन्तर्गत विउ, विजन, बेर्ना, तरकारी, फलफुल, तथा पशुपालन गर्दै आएको छ ।कृषिबाट आत्मर्निभर बन्नुपर्छ भन्ने भावनाका साथ सञ्चालन गरिएको यो कृषक समूह अहिले स्थापित हुंदै गएको छ। यस लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहले सियारी गाउंपालिका वडा नम्बर ४ को धमसर टोलमा भाडाको संरचनामा कृषिजन्य काम गर्दै आएको छ ।
समूहको आफ्नै नाममा रहेको १.५ हेक्टर क्षेत्रफल जमिन र सिद्वार्थ एग्रीकल्चर प्रोडक्सन एण्ड रिर्सच सेन्टर प्रालिबाट भाडामा लिएको ३ हेक्टर जमिनको प्रयोग गरी कृषि तरकारी, फफुल, विउ, विजन, उत्पादन तथा पशुपंक्षी पालन उत्पादन गर्दै आएको छ।
दानव नदीको नदीको किनारमा उजाड अवस्थामा रहेको नदी उकास जग्गालाई उपयोग गरेर कृषक समूहले कृषि उत्पादन गर्न थालेपछि अहिले उक्त क्षेत्र हरियाली बनेको छ। लुम्बिनी बहुउद्वेश्यीय कृषक समूहले सियारी गाउंपालिकालाई कृषिबाट चिनाउन सफल भएको छ, भने वातावरणको हिसावले पनि नदी निकारमा बोट विरुवा रोपेर हरियाली बन्दा हेनै लायक बनेको छ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










