रुपन्देहीमा लिग फुटबल प्रतियोगिता
विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार



बुटवल, १६ मंसिर–
कोरोनाका कारण रोकिएको रुपन्देही जिल्ला लिग फुटवल प्रतियोगिता शुक्रवारबाट पुनः सुरु हुने भएको छ । बैशाखमा कोरोनाका कारण स्थगित गरिएको लिगको अन्तिम चरणका प्रतिष्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा जिल्लाका झरना स्पोर्टस्, सुनौलो संगम, चाँदनी युवा क्लब, बुटवल यूनाइटेड, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब, गोर्खा ब्वाइज युवा क्लब, भूपू सैनिक स्पोर्टस् क्लब, सौभाग्य युवा क्लब र डि. एम. सी बीच प्रतिस्पर्धा हुने छ ।
रुपन्देही फुटवल संघको आयोजनामा हुन लागेको लिग १० वा टिम छनौट भएका छन् । १० टिमलाई एक आपसमा प्रतिष्पर्धा गराई अकंको आधारमा लिग विजेता छनौट गरिने छ । छनौट खेलमा सबै टिम एक आपसमा प्रतिष्पर्धा गर्ने क्रममा ४५ पटा खेल खेलाइने जनाइएको छ । जसमा एउटा टिम ९ वटा खेल खेल्ने छ ।


२३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता बुटवलको देविनगर स्थित एन्फा ऐकेडेमीको खेल मैदानमा हुने विहिवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लब बीच प्रतिस्पर्धा हुने खेल संयोजक मुकेश कुंवरले जानकारी दिए । सम्मेलनमा संयोजक कुंवरले प्रतियोगिताको विजेता टिमले नगद राशी १ लाखसहित पुरस्कार प्राप्त गर्ने छ भने उप विजेता टिमले ५० हजार, तृतीय हुने टिमले ३० हजार तथा सान्त्वनाले २० हजार नगद प्राप्त गरिने जानकारी दिएका थिए ।
यसैगरि प्रतियोगितामा विधागत तर्फका ५ जनालाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिने तथा प्रत्येक प्रतियोगितामा म्यान अफ दि म्याचलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको जनाइएको छ ।
गत वर्ष बैशाख ७ गतेदेखि तिलोत्तामा भएको छनोटका आधारमा सहगभागी टिमहरु बीच प्रतियोगिता हुने भएको हो । छनोट चरणमा उत्कृष्ट ८ टिमले लिगका लागि स्थान पक्का गरिसकेपछि बाँकी रहेका ९ टिमलाई २ समूहमा विभाजन गरी छनोट प्रतियोगिता गराइएको र छनोट खेलमा दुई समूहको पुच्छारमा रहेका समूह लिगबाट वन्चित भएको संघका महासचिव लोक पुनले जनाएका थिए ।

रुपन्देही फुटवल संघका सचिव शंकर मल्लका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ८ लाख खर्च अनुमान गरिएको र लिग सञ्चालनका लागि एन्फाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ भने अन्य रकम आयोजकले नै जुटाउने बताएका छन् । रुपन्देहीमा रहेका २० वटा क्लबहरु मध्ये २ वटा क्लब छनोट चरणबाटै बाहिरिएका कारण प्रतियोगिता सहभागि हुन पाएनन् भने ३ वटा क्लबले आवश्यक काजगी प्रक्रियाहरु पूरा गर्न नसक्दा अयोग्य भएका कारण छनोट चरणमा नै सहभागी हुन पाएनन् । छनोट चरणबाट माछापुच्छ्रे क्लब र ख्रिष्टियन युथ क्लब बाहिरिएका थिए भने अमर ज्योति युवा क्लब, लुम्बिनी स्पोर्टस् क्लब र नवयुवा खेलकूद तथा साँस्कृतिक परिवारले आवश्यक कागजी तथा कानूनी प्रक्रिया पूरा गर्न नसक्दा प्रतियोगितामा सहभागीता जनाउन पाएका छैनन् ।
प्रतियोगितामा क्लबहरुले ए, बि वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागि गराउन पाउने छैनन् भने विभागमा रहेका (नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी) कुनै पनि व्यक्तिले सहभागी हुन नपाउने आयोजकले जनाएको छ । कुनै पनि डिभिजनमा सहभागी नभएका तथा अन्य जिल्ला लिगमा सहभागी नभएका रुपन्देही बाहिरका खेलाडीहरुले समेत प्रतियोगितामा सहभागीता जनाउन पाउने भएका छन् ।



![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)







![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










