बुटवलको योगीकुटीमा गार्डेन मार्ट डिमार्टमेण्ट सञ्चालन

बुटवल, मंसिर १७ गते। रुपन्देहीको बुटवलस्थित योगीकुटीमा सहकारी पसल सञ्चालन गरिएको छ। शिव शिखर बहुउद्वेश्य सहकारीले उपभोक्ताको हितलाई मध्येनगर गरी गार्डेन मार्ट डिमार्टमेण्ट स्टोरको नाममा सहकारी पसल सञ्चालन गरेको हो। उक्त पसलको शनिबार विधिवत रुपमा उद्घाटन गरिदै छ। स्टोरको शनिबार लुम्बिनी प्रदेश सरकारका शिक्षा ,विज्ञान, युवा तथा खेलकूद मन्त्री बसिउद्धिन खाँ र वन,वातावरण तथा भू–संरक्षण मन्त्री र सुरेन्द्रबहादुर हमालबाट औपचारिक शुभारम्भ गरिने छ। विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रबार पत्रकार भेटघाट गरी सञ्चालकहरुले जानकारी गराएका छन्। पसल तथा स्टोरमा अत्यावश्यक खाद्यान्नदेखि कस्मेटिक्स, इलोक्ट्रोनिक्स,फेन्सी, बालबालिकाका सामग्री तथा खेलकूद सामग्री लगायत दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरु उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत गौतमले जानकारी गराए। प्रमुख कार्यकारी अधिकृत गौतमका अनुसार काठमाण्डौंमा केन्द्रिय कार्यालय रहेको सहकारीले उत्पादन, व्यवसाय र रोजगारलाई प्रर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा व्यवसायिक मार्टहरु सञ्चालन गर्दै आएको र यसै क्रममा रुपन्देहीको बुटवलमा पनि डिपार्टमेण्टल स्टोर सञ्चालन गरिएको हो। देशका सबै प्रमुख शहरहरुमा सहकारी पसल सञ्चालन गर्ने लक्ष्य राखेको शिव शिखर बहुउद्वेश्य सहकारीले बुटवलमा १५ औं सहकारी पसल तथा स्टोर सञ्चालन गरेको हो। चार करोडको लगानीमा सञ्चालन गरिएको पसलबाट हरेक प्रकारका समानहरु उपलब्ध गराइने प्रमुख कार्यकारी अधिकृत लिलानाथ गौतमले जानकारी गराउनुभयो। गुणस्तरीय समान सुलभ मुल्यमा उपलब्ध गराइने कार्यकारी प्रमुख कार्यकारी अधिकृत गौतमले प्रतिवद्वता जनाउनु भएको छ। कृषिजन्य वस्तुको बजारीकरणसमेत गर्दै आएको शिव शिखर बहुउद्वेश्य सहकारीको ६२ करोडशेयर पूंजी रहेको छ। देशको ३५ जिल्लामा कार्यक्षेत्र रहेको सहकारीमा ६ सय ७७ जनालाई प्रत्यक्ष रोजगारी दिइएको सञ्चालकहरुले बताएका छन् ।

बुटवलमा सञ्चालनमा आउँदै गरेको डिपार्टमेण्ट स्टोरमा ४२ जनाले रोजगार प्राप्त गरेको महाप्रबन्धक गौतमले जानकारी गराएका छन्। त्यसैगरी डिपार्टमेण्टलका नायब मुख्य प्रबन्धक रमेश खाइजुले एउटै छानामुनी सबै सामानहरु सहज र शुपथ मुल्यमा उपलब्ध गराउनुका साथै विकट ठाउँमा भएका उत्पादनलाई बिक्री र प्रर्द्धन गर्ने उद्देश्यले स्टोर स्थापना गरिएको बताए। शिवशंकर शहकारीको रुपन्देही शाखा पनि सोही समारोहमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले औपचारिक रुपमा उद्घाटन ग्र्नेछन्। बिहीबार सांस्कृतिक कार्यक्रमको गरेको थियो। शुभारम्भको अवसरमा विभिन्न किसिमका सामग्रीहरुमा २ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।