जागरुक साकोसको १४ औं साधारणसभा सम्पन्न

४ बर्षे रणनीतिक योजना पारित

 

 

बुटवल, १८ मंसिर–
जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलको १४ औं बार्षिक साधारणसभाले संस्थाको आगामी ४ बर्षका लागी तयार गरेको रणनीतिक योजनालाई पारित गर्दै त्यसलाई चरणबद्ध रुपमा कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको छ ।
बुटवलमा सनिवार आयोजित साधारणसभाले अध्यक्ष लक्ष्मण पूसाद बस्यालले राख्नु भएका विभिन्न प्रस्तावसहित संस्थाको २०७८ सालदेखि २०८२ सम्मको रणनीतिक कार्ययोजनालाई पारित गरेको हो । सभाले संस्थाको विनियम संशोधन गरि संस्थाको कार्यक्षेत्र विस्तार गरि तीन जिल्ला बनाउने, अन्य संघसंस्थाबाट ऋण लिएर शेयर सदस्यहरुलाई लगानी गर्ने, संस्थाको शेयर पुजि ३ करोड बनाउने, संस्थालाई व्यवस्थित तथा समयानुकुल सञ्चालन गर्नको लागि आवशयक पर्ने सबै पुर्वाधार लगायत स्थिर सम्पत्ती खरिद गर्ने, शयर सदस्य बृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गरेको सचिव श्याम प्रसाद पाण्डेले बताउनु भयो ।
संस्थाले आगामी ४ बर्षे रणनीतिक योजना तय गर्दै सन्तुष्ट र समृद्ध सदस्यहरुको सर्बोत्कृष्ट संस्था भन्ने परिकल्पना गरेको छ । सभामा बार्षिक प्रतिवेशन प्रस्तुत गर्दै अध्यक्ष बस्यालले संस्थालाई आगामी दिनमा अझ सरल र सबल सहकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सभाको उद्घाटन गर्दै पूर्व मन्त्री तथा प्रदेश सांसद भाोजप्रसाद श्रेष्ठले सहकारीको भावनालाई आत्मसाथ गर्दै आर्थिक विकासमा एक सशक्त संस्थाका रुपमा अगाडी बढाउन सुझाव दिनु भयो ।
कार्यक्रममा सल्लाहाकार तुल्सीराम बञ्जाडे, शेयर सदस्य योगमाया भट्टराई, सहकारी बैकका प्रवन्धक नारायण बेल्वासे, निर्वतमान अध्यक्ष चन्द्रमणी भण्डारी, पूर्व अध्यक्ष खगेन्द्र शर्मा, समाजसेवी शेरबहादुर गौतम, नेप्सकुनका सञ्चालक सन्दीप सापकोटा लगायत बोल्नु भएको थियो । कार्यक्रममा ध्रुवतारा सयपत्रि साकोसका अध्यक्ष मानबहादुर कुवर, संसार साकोसका अध्यक्ष विष्णु अवस्थी, नौलो बहुद्देश्यीय साकोसका अध्यक्ष मााधव श्रेष्ठ लगायतको उपश्थिती रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता लक्ष्मण प्रसाद बस्याल, सञ्चालन सचिव श्याम प्रसाद पाण्डे र स्वागत उपाध्यक्ष हिमलाल भट्टराईले गर्नु भएको थियो । सभामा कोषाध्यक्ष चिरञ्जीवि पूसाद श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा संयोजक शेषकान्त अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाले मोती श्रेष्ठ र थानेश्वर अर्याललाई कार्यसमिति सदस्यमा चयन गर्ने निर्णाय गरेको छ ।
संस्थामा हाल ८ सय शेयर सदस्यहरु रहेको र कुल शेयर १ करोड तथा निक्षेप संकलन १२ करोड, २२ लाख ७९ हजार एवं ऋण लगानी ११ करोड २८ लाख ६५ हजार रहेको छ । संस्थामा विभिन्न १० वटा कार्यविधिहरु लागु गरिएको व्यवस्थापक सुन्दर रेग्मीले जानकारी दिएका छन् ।