कानुङमा अभिमुखीकरण तालिम

 

 

बुटवल, १८ मंसिर–कानुङ बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४,आदर्श नगरले सहकारी सम्बन्धि आधारभूत शिक्षा तथा अभिमुखीकरण तालिम बुटवलमा शनिवार सम्पन्न गरेको छ ।
तालिम समापन समारोहमा बोल्दै संस्थाका अध्यक्ष टोपबहादुर थापाले आफ्नो सहकारी, सहकारी ऐन, नियम परिधिभित्र रहेर सञ्चालन भएको,सहकारीमा रहेका सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्न समयानुसार तालिम सञ्चालन गरिएको र लगानीका क्षेत्रलाई विस्तार गर्दै आएको समेत बताए ।
तालिममा कानुङ सहकारीको परिचय, यसका गतिविधिहरु र सहकारीका सिद्धान्तका बारेमा सामाजिक उद्यमी दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा सल्लहकार डिलबहादुर थापा, सहभागीहरुका तर्फबाट डालीमाया थापा, रोशन बुढा, सुमित्रा राना लगायतले सहकारीको उन्नति र प्रगतिका लागि सहकारी शिक्षा अपरिहार्य रहेको बताए ।
उक्त सहकारीले शेयर सदस्यहरुलाई दुर्घटना बीमा, सदस्यको मृत्यु भएमा शोक अनुदान, सुत्केरी महिलालाई पौष्टिक खानाको प्रवन्ध र आकस्मिक बिरामी हुनेलाई ५० हजारसम्म तीन महिनाका लागि र्निव्याजी कर्जा दिदै आएको छ ।
कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिका संयोजक ठमी थापाले र सञ्चालन गुमा सिंजालीले गरेकी थिईन् ।