सिरसिरे सहकारीमा नयां नेतृत्व चयन

बुटवल, मंसिर १८ गते। बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारीमा नयां नेतृत्व चएन भएको छ। सहकारीको शनिबार सम्पन्न एघारौं साधारण सभा तथा चौथौ अधिवेशनले गोविन्द सुवेदी अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा रामकृष्ण शर्मा, सचिव टेकराज शर्मा, कोषाध्यक्ष शिवलाल पौडेल रहेका छन्। त्यस्तै सदस्यहरुमा मञ्जु कंडेल, पाण्डे, दीवक वस्याल र विष्णु पन्थ सर्वसम्वत रुपमा चयन भएका हुन्। नयां नेतृत्व चयनसंगै शनिबार नै सहकारीका लागि लेखा समितिसमेग गठन गरिएको छ । हरि पौडेल संयोजक रहेको लेखा समितिको सदस्यमा भुपेन्द्र पन्थ र शंकर पाण्डे चयन भएका छन्। यस अघि अध्यक्ष बाबुराम गौतमको अध्यक्षता र सचिव रामकृष्ण शर्माको सञ्चालनमा एघारौ साधारण सभा तथा चौथौ अधिवेशनको कार्यक्रम भएको थियो।


त्यस अवसरमा बोल्दै सहकारी अभियान्ता डाक्टर खगराज शर्माले सहकारीहरुले राज्यको कानुन पालना गर्नुपर्ने बताए। २०४८ को सहकारी ऐनले सहकारीलाई सहयोग पुगेको उल्लेख गर्दै सहकारीप्रति सञ्चालक समिति जिम्मेवार बन्नुपर्ने बताउंदै उत्पादन क्षेत्रमा सहकारीले लगानी गर्नुपर्नेमा जोड दिए। उनले कृषिलाई समेटेर सहकारी चलाउनु पर्ने बताउंदै सहकारीका सात सिद्दान्तको पालना गर्नुको विकल्प नभएको बताए। कार्यक्रमका अध्यक्ष तथा सहकारीका अध्यक्ष बाबुराम गौतमले सहकारीलाई सही ढंगले अगाडी बढाइएको बताउंदै शेयर सदस्यहरुको लगानीप्रति आफु र आफ्नो टिम जिम्मेवार भएर काम गरेको बताए।
कार्यक्रममा सहकारीका सल्लाहाकार पे्रमलाल गैरे, शेयर सदस्य प्रकाश पराजुली, रविन्द्र खरेल, भुपाल श्रेष्ठ लगायतले बोल्दै सहकारी सञ्चालन गर्ने कुरा ठूलो नभएको बताउंदै शेयर सदस्यहरुको लगानी सुरक्षित गरेर सहकारीलाई नाफामूलक रुपमा सञ्चालन गर्ने काम ठूलो हो भने। अध्यक्ष बाबुराम गौतमले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै सहकारीका कोषाध्यक्ष गिरीराज पोखरेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक विश्वनाथ अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। सबै प्रतिवेदन बन्द सत्रले पास गरेको थियो।