राष्ट्रिय सहकारी अभियान लुम्बिनीको अध्यक्षमा लोकेन्द्र सुनार


बुटवल, जेठ २५ गते । बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको प्रथम भेलाले लोकेन्द्र सुनार अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको छ । राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको उपाध्यक्षमा उपाध्यक्षमा सम्झना पौडेल, सचिवमा कविराम भट्टराई, कोषाध्यक्षमा गिरबहादुर पौडेललाई चयन गरिएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा हेमलाल खनाल, लक्ष्मी कुँवर, दिनमणि पौडेल, विष्णु थापा, रामप्रसाद गैरे, रामबहादुर चमारलगायत रहेका छन् । भेलापछिको बैठकले प्यूठानका अमरध्वज राना र रुपन्देहीका केपी पोखरेललाई सल्लाहकारमा चयन गरेको छ ।
राष्ट्रिय सहकारी अभियान केन्द्रीय अध्यक्ष गंगालाल सापकोकोटा प्रमुख आतिथ्यतामा भेला भएको थियो । उक्त भेलामा बोल्दै अध्यष सापकोटाले संविधानमा उल्लेख भएको तीन खम्बे देश विकासको अर्थनीतको एउटा खम्बा सहकारी क्षेत्र भएको बताए ।
उनले सहकारीलाई उचित नीति, कानुनमार्फत राज्यले प्रवद्र्धन र नियमन गर्नुपर्नेमा विद्यमान कानुनको समूचीत कार्यान्वयन नभएका कारण सहकारीमा समस्या देखिएको बताए ।

सरकारले हालै सहकारीसँग सम्बन्धित केही ऐन र मापदण्ड जारी गर्दा पनि सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि भन्दा पनि सहकारी क्षेत्रलाई अझै साँघुरो घेराभित्र राख्ने र आम समुदायको भन्दा पनि निश्चित वर्गलाई फाइदा पुग्ने अनुकूल वातावरण तयार गर्ने काम गरेको अध्यक्ष सापाकोटाको भनाइ छ ।
सहकारी संविधानमा उल्लेख भए पनि देशको सन्दर्भमा कस्तो सहकारी नीति हुने र सहकारी प्रवद्र्धनको प्रष्ट खाका के हुने भन्ने विषयमा राज्य अलमलमा परेको बताए ।
‘सहकारीलाई केही शक्तिकेन्द्र र राजनीतिक संरक्षणमा केही सहकारीका ठगले आफ्नो स्वार्थसिद्ध गर्नका लागि सहकारीलाई उद्यम बनाएकाले अहिले सहकारीमा समस्या सिर्जना भएको अध्यक्ष सापकोटाको तर्क छ ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज रानाले मुख्य गरी पालिका तहमा स्थानीय सरकारले चाहने हो भने सहकारी क्षेत्रलाई सहज ढङ्गले प्रवद्र्धन र नियमन गरी अगाडि बढाउन सक्ने गरी कानुनमा व्यवस्था भएकाले स्थानीय तहबाटै सहकारी अभ्यास अगाडि बढाउनुपर्नेमा जोड दिए ।
अभियानका केन्द्रीय सल्लाहकार लिलाबहादुर केसीले सहकारी क्षेत्रको अहिलेका जल्दोबल्दो समस्यालाई जनताका बिचमा वास्तविक कुरा लैजाँदै सहकारीमा फैलाइएका भ्रमलाई चिर्नुपर्ने बताए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष कविराज गिरीले सहकारीलाई सही ढंगले सञ्चालन गर्नुपर्ने र तयसका लागि नियमनकारी निकायहरु सक्रय हुनुपर्नेमा जोड दिए ।
अभियानका लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य लोकेन्द्र सुनारको अध्यक्षता, कविराम भट्टराईको स्वागत र कमला वञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










