बुटवलमा रेनोल्टको एक्सचेञ्ज अफर शुरु

बुटवल, मंसिर २९ गते. रुपन्देहीको बुटवलमा रेनोल्टको एक्सचेञ्ज अफर शुरु गरिएको छ । समयको माग अनुसार उपभोक्तालाई सेवा दिने उद्देश्यले एक्सचेन्ज अफर शुरु गरिएको हो । यस क्षेत्रको आधिकारीक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाच दिने एक्सचेन्ज अफर राखेको हो। बुधबार पत्रकार सम्मेलन गरि प्रालिका संचालक दिपक श्रेष्ठ मंसिर २९ गतेबाट शुरु भएको अफर पुस ४ गतेसम्म चल्ने बताए । यसैगरि स्पोट एक्सचेञ्ज, विशेष नगद छुट, गिफ्ट हेम्पर, फ्रि चेकअप, फ्रि वास, फुड स्टलको साथमा मनोरन्जनको समेत ब्यवस्था गरिएको उनले बताए । प्रालिका म्यानेजर कृष्ण खड्काले बिक्रिपछिको सर्भिस र स्पेयर पार्टको समेत सुविधालाई प्राथमिकता दिएको उनले बताए । शोरुमबाट प्रत्येक वर्ष बजारमा १ सय बढि कार बिक्रि हुँदै आएको उनले बताए । क्विड, काईगर, ट्राईवर, डष्टर गरि विभिन्न अप्सनका सिटि राईडसंग अफरोड चारपाग्रे सवारीहरु उपलब्ध भएका छन ।
एडभान्स अटोमोबाईल्सका जेनेरल म्यानेजर अधिर कु श्रेष्ठले रेनोल्टबारे उपभोक्ता प्रमोशन गर्ने लक्ष्यसहित ईभेन्ट चलाईएको बताए । क्विड र ट्राईवड लाई मुख्य ध्यान दिएर ईभेन्ट चलाईएको उनले बताए। यसवर्ष नारायणघाटमा ईभेन्ट सकेर बुटवल, भैरहवा र पोखरामा गरि ४ स्थानमा गर्ने तयारी भएको उनले बताए । शुरुवातबाट नै थ्रि एस सुविधालाई ध्यान दिदा उपभोक्तामाझ लोकप्रिय रहेको बताए ।
कार्यक्रममा प्रालिका संचालक दिनेश श्रेष्ठले बजारमा भित्राउदा नया ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको उनले बताए । कार्यक्रममा एडभान्स अटोमोबाईलका सेल्स नेटवर्क हेड विपुल भट्टराई, मार्केटिङ अफिसर निशान्त अधिकारी, रिजनल अफिसर तुफान शाहीले देशभर नै सेवालाई ध्यान दिएको बताए । रेनोल्टको एक्सचेञ्ज अफरले आमउपभोक्तालाई आर्कषण गर्ने सञ्चालकहरुको दावी छ ।