शेयर सदस्याका लागि शुलभ आवास कर्जा

बुटवल, असोज ११ गते । बुटवलको धु्रब तारा सयपत्री सहकारीले शुलभ आवास कर्जा कार्यक्रम ल्याएको छ । आफ्ना शेयर सदस्यहरुको भलोका लागि सहकारीले ८ प्रतिशत व्याजदरमा ५ वर्षका लागि शुलभ आवास कर्जा कार्यक्रम ल्याएको हो ।

शुलभ आवास कर्जामार्फत घर बनाउने शेयर सदस्यका लागि ३० लाखसम्म लगानी गर्न सकिने र यो कार्यक्रम अन्तरगत ३ करोड लगानी गर्ने निर्णय गरिएको सहकारीको १९ औं वार्षिक साधारण सभामा अध्यक्ष मानबहादुर केसीले जानकारी गराएका छन् । सहकारीले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिकस्तर बढाउने गरी विभिन्न खालका रचनात्मक कार्यक्रम ल्याएको अध्यक्ष केसीले बताए ।

सामूदायिक विद्यालयहरुमा पढ्ने छात्रछात्राहरुलाई शैक्षिक प्रोत्सान स्वरुप विद्यार्थीलाई आर्थिकसहित पुरस्कृत गर्दै आएको छ ।
ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारीले १९ औं साधारण सभाको अवसरमा पनि २ जना विद्यार्थीलाई सम्मानका साथ पुरस्कृति गरेको छ । त्यस्तै वृद्ववृद्वा, असल ऋणीहरु र धेरै शेयर सदस्य बनाउने सदस्यलाई प्रोत्सान सम्मान तथा पुरस्कृत गरिएको छ ।

सहकारीका अध्यक्ष मानबहादुर केसीको अध्यक्षता, सचिव विनोद खनालको सञ्चालन र सहकारीका ज्येष्ठ शेयर सदस्य दयाराम खनालको प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य दयाराम खनालले सहकारी आर्थिक विकासको मेरुदण्ड भएकाले नियमसंगत चलाउन आग्रह गर्दै सबै सदस्यहरुको हितमा चलाउन आग्रह गरे । साधारण सभाको अवसरमा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालले सेयर सदस्यहरुलाई प्रशिक्षण दिएका थिए ।

सहकारीका अध्यक्ष मान बहादुर कुँवरले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष मणिरत्न शर्माले आर्थिक प्रतिवेदन र वित्तीय लक्ष्य प्रस्तुत, लेखा सुपरीवेक्षण समिति संयोजक पशुपति पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा सहकारीमा रिक्त रहेको महिला सदस्यमा कमला आचार्य पोखरेललाई सवैसम्वत रुपमा चयन गरिएको सचिव विनोद खनालले जानकारी गराए । सर्वसम्वत निर्विरोध निर्वाचित सञ्चालक समिति सदस्य कमला आचार्य, पोखरेललाई सहकारीका कानूनी सल्लाहकार तथा निर्वाचन समिति संयोजक अधिवक्ता माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार चुरामणि भुसाल, तुलसीराम शर्मा, सहकारीका उपाध्यक्ष ई. छविन्द्र भट्टराइलगायतले बोलेका थिए । त्यस्तै साधारणसभामा प्रस्तुत भएका विषयवस्तुबारे खुमानन्द भुसाल, गोपाल गैरे र डिल्लीप्रसाद पाध्याले सुझावहरु राखेका थिए ।
आर्थिक वर्ष २०८१÷०८२ असार मसान्तसम्म सहकारीको कुल सम्पत्ति २० करोड ५ लाख ७६ हजार २ सय ३२ रुपैया ८ पैसा, सेयर पूँजी २ करोड १ लाख २० हजार रुपैयाँ, निक्षेप संकलन १५ कारेड ४६ लाख १४ हजार ९४ रुपैयाँ ४४ पैसा रहेको कोषाध्यक्ष मणिरत्न शर्माको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीमा ७ सय ७ जना महिला र ६ सय ९६ जना पुरुष सदस्य गरी कुल १ हजार ४ सय ३ जना सेयर सदस्यहरु आवद्ध रहेका छन् ।