उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन

कच्चा पद्धार्थको अबैध निकासीले समस्या

 

 

बुटवल/नेपालका प्लाष्टिकजन्य उद्योगहरु सिमा क्षेत्रबाट हुने कच्चा पदार्थको अबैध निकासीले समस्या झेल्नु परेको उद्योगीहरुले बताएका छन् । स्थानिय कच्चा पदार्थमा आधारित उद्योगीहरुले आफ्नै रिसाइक्लिन बस्तुहरुको मुल्य बढी तिर्नु परेको बताउँदै त्यसको समाधानका लागि नीतिगत रुपमा नै सुधार गर्नुपर्ने सुझाव राखेका छन् ।
रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको सोमवार सम्पन्न भेलामा बोल्ने उद्योगीहरुले सो धारणा राखेका हुन । उनीहरुले उद्योगीहरुको समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्न पनि आग्रह गरेका थिए ।
भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले प्रकृतिगत रुपमा उद्योगीहरुका आफ्नै प्रकारका समस्या हुने हुँदा त्यसलाई बस्तुगत समितिहरुले पहिचान गरेर संघलाई समाधानका लागि पहल गर्ने थलोका रुपमा सहयोगी बन्न आग्रह गर्नु भयो ।
उहाँले राज्यले अगाडी सारेका कतिपय नितिहरुले उद्योगीहरुलाई समस्यामा परेको उलेख्ख गर्दै संघले उद्योगीहरुलाई आइपर्ने समस्यालाई गम्भिर रुपमा लिएर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । संघको संस्थागत विकासमा बस्तुगत समितिहरुको महत्वपूर्ण भूमिका हुने हुँदा समितिलाई क्रियाशिल बनाउन आग्रह पनि गर्नु भयो ।
भेलामा बोल्दै संघका पूर्व अध्यक्ष एजाज आलमले उद्योगीहरुले आफ्ना समस्याका बारेमा आफै चिन्तित बनेर पहल नगर्दासम्म सुुनुवाई हुन नसक्ने बताउँदै प्लाष्टिक उद्योगहरुलाई बचाएर लैजान नीतिगत रुपमा नै राज्यले सुधार गर्नु पर्ने धारणा राख्नु भयो ।
भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीले व्यवसायिक समस्याहरुको पहिचानका लागि सदस्य उद्योगीहरुले नै आवाज नउठाउँदासम्म राज्यले सुनुवाई नगर्ने र आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउनु भयो ।
वस्तुगत समिति गठन कार्यक्रमका संयोजक एवं संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षता, सचिव बसन्त ढकालको सञ्चालनमा सम्पन्न उद्योगीहरुको भेलाले एग्रो एफ.आर.पी.इण्डष्ट्रिज प्रा.लि.का शरद रेग्मीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सीना, सचिवमा नेशनल पि.भि.सी. बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल र सदस्यहरुमा रेश्मी पोलिथिन इण्डष्ट्रिज (प्रा.) लि.का याङ्गसिङ रेश्मी र महेश प्लाष्टिक उद्योगका दण्ड प्रसाद गैरे चयन हुनु भएको छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, द्वितिय उपाध्य्रक्ष जिवकान्त काफ्ले, नवनिर्वाचित संयोजक शरद रेग्मी लगायतले उद्योगीहरुका समाधान समाधान गर्न सबै व्यवसायीहरु एकजुट हुनु पर्ने बताएका थिए ।
भेलाले समितिको सल्लाहकारहरुमा संघका अध्यक्ष माधब प्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कोषाध्यक्ष हिरामणी भट्टराई र सचिव बसन्त ढकाल लाई चयन गरेको छ ।
कार्यक्रममा संघका महिला सचिव मञ्जु भुसाल, संघका कार्यसमिति सदस्य लाल प्रसाद बस्याल, लाल बहादुर थापा, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र विभिन्न उद्योगीहरुको उपस्थिति रहेको थियो ।