माछापुच्छ्रे बैंकले दियो आश्रमलाई बेड बिस्तारा


बुटवल, पुस ८ गते । माछापुच्छ्रे बैंक बुटवल शाखाले जाडोलाई मध्यनजर गरी अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट दिएको छ । बैंकले आश्रमलाई १० सेट बेड बिस्तारा र ब्ल्याङ्गकेट दिएर सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल–११ प्रगतिगरमा रहेको नेपाल अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट दिएको हो । माछापुच्छ्रे बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएको छ ।
माछापुच्छ्रे बैंक लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेल, माछापुच्छ्रे बैंक बुटवल शाखा प्रबन्धक लालबाबु शाह, सहायक शाखा प्रबन्धक सन्तोष केसी, अपरेशन इन्चार्ज देवका बश्याल लगायतले संयुक्त रूपमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सेट हस्तान्तरण गरेका हुन् ।

बैंकका लुम्बिनी प्रदेश प्रमुख सरोज पोखरेलले सामाजिक उत्तरदायित्व अन्तरगत बैंक समाजप्रति सधै उत्तरदायी रहेर काम गरेको बताउंदै अनाथ तथा अशहायको पालनपोषण गर्ने आश्रमलाई सहयोग गर्न पाउंदा खुशी लागेको बताए ।
बैंकका बुटवल शाखा प्रबन्धक लालबाबु शाहले आश्रममा आश्रित व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हालको चिसो मौसममा बसोबासका लागि सहज होस् भन्ने उद्देश्यले बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग गरिएको बताए ।
आश्रमका अध्यक्ष डोलबहादुर रामदामले माछापुछ्रे बैंकले अपाङ्ग आश्रमलाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
आश्रममा ४४ जना आश्रित रहेको बताउँदै उनले २६ जना पुरुष र १८ जना महिला रहेका छन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा, १ सय ६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १ सय ५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २ सय ६ वटा एटिएम मार्फत १८ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।






















