रुपन्देही उद्योग संघमा आवद्ध उद्योगीहरुको छुट्टाछुट्टै भेला

 

 

बुटवल/रुपन्देही उद्योग संघमा आवद्ध गार्मेन्ट तथा हस्तकला र खाद्यान्न उद्योगीहरुको छुट्टाछुट्टै भेला मंगलवार संघको सभाहलमा सपन्न भएको छ ।
भेलामा सहभागी उद्योगीहरुले राज्यका कतिपय नीतिका कारण उद्योगीहरुले पटकपटक झमेलाहरु व्यहोर्नु परेको गुनासो गरेका थिए । उनीहरुले स्वदेशी कच्चा पदार्थको प्रयोगलाई प्राथममिकता दिने उद्योगहरुलाई राज्यले संरक्षण गर्नु पर्ने माग गर्दै उद्योग संघले उद्योगीहरुका समस्याहरुका बारेमा गम्भिर भएर अगुवाको भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघ आफ्ना उद्योगी सदस्यहरुका पिरमर्कामा सधै दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्दै संघलाई क्रियाशिल बनाउन उद्योगीहरुले सधै सुझाव दिन आग्रह गर्नु भयो । उहाँले नेपालमा उद्योग सञ्चालन गर्न निकै नै गाह्रो रहेको उल्लेख गर्दै उपभोक्ताहरुको चाहाना र आवश्यकतालाई ध्यान दिएर उत्पादन गर्नु पर्ने बताउनु भयो ।
अध्यक्ष पौडेलले उद्योगको विकासका लागि सबैभन्दा पहिले त्यसको समस्याको पहिचान गर्नु जरुरी रहेको बताउँदै समस्या समाधानका लागि संघ सधै उद्योगीको साथमा रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले वस्तुगत उपसमितिको काम कतव्र्य र अधिकारका बारेमा जानकारी गराउँदै उद्योगीहरुले आफ्ना समस्याको पहिचान गरी समाधान गर्न आफैले पहल गर्न आग्रह गर्नु भयो । उहाँले संघले त्यसमा नेतृत्वको भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।
संघका पूर्व अध्यक्ष तेजकुमार पाठकले राज्यका तर्फबाट उद्योग मैत्री बातावरण नबनाउदासम्म साना तथा घरेलु उद्योगीहरु फस्टाउन नसक्ने बताउनु भयो । उहाँले उद्योगीहरुलाई आइपर्ने समस्यालाई संघले गम्भिर रुपमा लिएर पहल गर्न आग्रह गर्नु भयो ।
भेलाको अध्यक्षता गर्दै संघका द्वितिय उपाध्यक्ष एवं कार्यवाहक संयोजक जिवकान्त काफ्लेले व्यवसायिक समस्याहरुको समाधानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्न आग्रह गर्नु भयो ।
कार्यक्रम उद्योगीहरु बुद्धि शर्मा, कौशल किशोर अग्रवाल लगायतले उद्योगीहरुले खेप्नु परेका समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।
संघका द्वितिय उपाध्यक्ष जिवकान्त काफ्लेको अध्यक्षता, महासचिव हरि बहादुर खत्रीको सञ्चालनमा सम्पन्न उद्योगीहरुको भेलाले गुभाजु होजियारी उद्योगका विवेकरत्न गुभाजुको संयोजकत्वमा ७ सदस्यीय गार्मेन्ट तथा हस्तकला बस्तुगत समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा बुटवल गैरे होजियारीका हरी गैरे., सचिवमा रारा गार्मेन्टका सुदिन काप्mले र सदस्यहरुमा सिद्धार्थ गार्मेन्टका केशव पौडेल, बविन लेदर उद्योगका कृष्ण पाण्डे, ओम शान्ति ढाका कपडा उद्योगका गिरीराज पौडेल र देउराली होजियारी उद्योगका बिष्णु प्रसाद गैरे चयन हुनु भएको छ ।
सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, कार्यसमिति सदस्य जमुना सुवेदी पोखरेल उद्योगी बुद्धि प्रसाद शर्मा, कौशल किशोर अग्रवाल र बिष्णु भुसाल रहनु भएको छ ।
यसैगरि भेलाले उद्योगी सनराइज फुड प्रोडक्टका रमेश प्रसाद आचार्यको संयोजकत्वमा ५ सदस्यीय खाद्यान्नको बस्तुगत समिति गठन गरेको छ ।
जसमा समितिको सहसंयोजकमा सन्दिप फुड प्रोडक्टका कृष्ण न्यौपाने, सचिवमा क्वालिटी ड्राइमिट प्रोडक्ट्स शित्तल श्रेष्ठ, सदस्यहरुमा जयसवाल फेमस कुरकुरे उद्योगका दिलिप जयसवाल, अन्नपूर्ण फुड प्रोडक्सनका प्रकाश आचार्य चयन हुनु भएको छ ।
सल्लाहकारमा संघका पूर्व अध्यक्ष तेज कुमार पाठक, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महिला सचिव मन्जु भुसाल र उ्रद्योगी बिष्णु प्रसाद पाण्डे रहनु भएको छ ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले धन्यवाद ज्ञापन गर्दै उद्योगीहरुका समाधान समाधान गर्न सबै उद्योगीहरु एकजुट हुन आग्रह गर्दै संघमा आएर आफ्ना समस्याहरुका बारेमा जानकारी गराउन सुझाव दिनु भयो भने नव निर्वाचित संयोजक द्वयले संघको उद्देश्य अनुसार आफुले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष हिरामणी भट्टराई, संघका सचिव बसन्त ढकाल, महिला सचिव मन्जु भुसाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, कार्यसमिति सदस्य जमुना सुवेदी पोखरेल, मिना थापा, लाल बहादुर थापा, बल बहादुर गोदार, नेत्र रुचाल, विशाल बेलबासे, युवराज आचार्य, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र विभिन्न उद्योगीहरुको उपस्थिति रहेको थियो ।