पानीपछि खुलेको कुहिरो सहितको प्रकृति

प्यूठान, असार २१ गते । प्यूठानको गौमुखी गाउंपालिका वडा नम्बर ५ खुङबाट खिचिएको तस्वीर । पानी बिदो भएपछि खुलेको आकाशसंगै मनमोहक चकमग्न कुहिरासहितको प्रकृति ।

नेपालको भूगोल आफैमा प्रकृति पे्रमी छ । वर्षाको समयमा पानी परेपछि बिदो भएको बेलामा खिचिएको यो तस्वीर आफैमा सुन्दर र हेर्ने लायक छ । प्यूठान गौमुखी प्रकृतिको ध्वनी ठाउं हो । जहां अग्ला अग्ला डाडापाखा छन् । जंगलले घेरेका वस्तीहरु थुप्रै छन् ।

झिमकरु नदीको शीर गौमुखी पर्यटकीय हिसावले पनि निकै रमणीय र ध्वनी छ । पर्यटकीय क्षेत्रको ध्वनी गौमुखीका परापूर्व कालदेखिका रमणीय र ठूलो इतिहांस बोकेका थुप्रै पर्यटकीय स्थलहरु छन् ।

आन्तरिक र बाह्य पर्यटकलाई भित्राउन सकिने सम्भावना भएको गौमुखी गाउंपालिका वडा नम्बर ५ का वडाध्यक्ष बरुणध्वज मल्लले बताए ।