लिपमोटर ‘बी १०’ टप भेरियन्ट गडिको मूल्य ५ लाख घट्यो


बुटवल, असार २१ गते । बुटवलको कालिका चोकमा अवस्थित लिपमोटर गाडीहरूको आधिकारिक विक्रेता अर्बन मोटर्स प्रालिले लिपमोटर ‘बी १०’ टप भेरियन्ट कारको परिमार्जित मूल्य आधिकारिक रूपमा घोषणा गरेको छ ।

नेपालको नयाँ कर संरचना लागू भएसँगै यस गाडीको मूल्य २०२६ मोडलका लागि साविकको मूल्यमा ५ लाख रुपैयाँ घटाएको हो ।
उक्त कारको साविकको मूल्य ६० लाख थियो । नयाँ कर संरचनासँगै मूल्य घटाएर ५४ लाख ९९ लाख कायम गरिएको छ । अर्बन मोटर्सका संचालक सिम्स थापाले जानकारी दिए । प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै अब बुटवलमा लिपमोटरका ‘बी १०’ टप भेरियन्टका कारहरु ५४ लाख ९९ हजारमै पाइने जनाएको छ ।

‘लिपमोटर ‘बी १०’ धेरै सुविधाहरूले भरिपूर्ण इलेक्ट्रिक एसयूभी कार हो । जसलाई चालकका अत्यावश्यक अपेक्षाहरू पूरा गर्न र सोभन्दा पनि उत्कृष्ट अनुभव प्रदान गर्न विशेष रूपमा तयार गरिएको छ’, थापाले भने, ‘सुरक्षाका लागि यसमा युरो एनक्याप ५–स्टार सेफ्टी रेटिङ, लेबल २ एडीएएस र स्ट्यान्डर्ड स्पेयर टायर उपलब्ध छ ।’
बी १० मा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडित छ । जसले ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ भने १८० मिमीको ग्राउन्ड क्लियरेन्सले नेपालका विभिन्न सडकहरूमा ढुक्कसँग हाँक्ने आत्मविश्वास प्रदान गर्ने नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले जनाएको छ ।
अर्बनका संचालक थापाले रुपन्देही र आसपासमा लिपमोटरको बजार राम्रो भएको, ग्राहकको रोजाईमा पर्ने गरेको र अब मूल्य घटेसँगै धेरैले कार खरिद गर्ने विश्वास व्यक्त गरे । ‘एकैपटक पाँच लाख मूल्य घटाउने कुरा चानचुने होइन’, उनले भने, ‘अब हरेकको मनमनमा लिपमोटर पर्छ भन्ने विश्वास छ ।’
यो गाडीको प्रिमियम क्याबिनभित्र हिटेड र भेन्टिलेटेड सिटहरू, प्यानोरामिक सनरुफ र एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी जस्ता सुविधाहरू छन् । ‘जसले गाडी चढ्ने व्यक्तिलाई कुनै पनि आवश्यकतामा सम्झौता नगरी वास्तवमै एउटा सुलभ र उत्कृष्ट श्रेणीको गाडी प्राप्त भएको महसुस गराउँदछ’, थापाले भने ।
लिपमोटर स्टेलान्टिसद्वारा समर्थित विश्वप्रसिद्ध ईभी ब्रान्ड हो, जसको मातहतमा मसेराटी, जिप, प्युजो लगायत १४ वटा अग्रणी अटोमोबाइल ब्रान्डहरू छन् । यस्तो बृहत् योजना अघि सार्न सक्नु लिपमोटरको चीनको नम्बर १ ईभी स्टार्ट–अपको रूपमा बलियो बजार हिस्सा रहनु नै रहेको कम्पनीले विज्ञप्ती मार्फत् जनाएको छ ।
ब्रान्डको यो सफलता यसको १५ लाख भन्दा बढीको कुल विश्वव्यापी बिक्री र गत जुन महिनामा मात्रै डेलिभरी भएका ९३,३७६ युनिट गाडीहरूले प्रमाणित गर्ने कम्पनीले बताएको छ ।
विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १ हजार ७ भन्दा बढी सेल्स तथा सर्भिसको बृहत् नेटवर्कका कारण लिपमोटर रोज्नु भनेकै यात्रामा सधैँ ढुक्क भएको थापाले जनाए ।























