डोल्पाको गौरीगाउंमा बाढीमा परी एक महिलाको मृत्यु


बुटवल, असार २१ गते । डोल्पा जिल्लाको जगदुल्ला गाउंपालिकाको वडा नम्बर ५ गौरीगाउंमा गएराती आएको बाढीमा परी एक जना महिला मृत्यु भएको छ ।

बाढीमा परी लगातारको वर्षापछि धुलाखोला तथा आसपासका खोल्सामा आएको बाढीमा परेर ५६ वर्षकी आनन्दा विक (चाउरी) को मृत्यु भएको छ ।
डोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदम रावलका अनुसार बाढीमा परी ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा जस विक, रेउली विक यि दुवै महिला हुन् । त्यस्तै एकै घरका वर्ष १५ की वालिका निरुता विक र वर्ष १३ की वालिका सीता विक घाइते भएका छन् ।

बाढीमा परी मानवीय क्षती हुनुका साथै ७ वटा घरगोठ बाढीले बगाएको डोल्पा जिल्ला प्रहरी कार्यालयले बताएकोछ ।
के कति भयो भन्नेबारे तथ्याकं संकलन भैरहेकाले कति भयो भन्नेबारे अझै विवरण नआएको प्रहरीले बताएको छ ।























