दुम्सीले मकैबाली नष्ट गरेपछि किसान चिन्तित्

अर्घाखांची, असार २१ गते । दुम्सीले पाक्नै लागेका मकै खाइदिएपछि मालारानी ५ प्यूडाडाका किसानहरु चिन्तित् बनेका छन् ।
रातीको समयमा मकैबारीमा पसेर दुम्सीले नष्ट गर्दिदा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५, बागी प्युडाडाका किसानहरू वन्यजन्तुको आतंकबाट पीडित भएका छन् ।

रातीको समयमा बारीमा पस्ने दुम्सीले पाक्न लागेको मकैबाली व्यापक रूपमा नष्ट गरेको स्थानीय ऋषिराम भुसालले बताए ।
किसानले पसिना बगाएर हुर्काएको बाली दुम्सी तथा सारोले रातारात नष्ट गर्दिदा बर्ष दिन खाने अन्न नष्ट हुंदा सामान्य अवस्थाका किसानहरु समस्यामा परेको पत्रकार श्याम घिमिरेले बताए ।

मकैमा दाना लागेको बेला दुम्सीले सोत्तर पार्दिएपछि मालारानी ५ प्यूडाडाका कैयौ घरपरिवारका किसानहरु रातभर जागाराम बस्नु पर्ने बाध्यता छ ।