रुपन्देही व्यापारद्दारा ह्विल चियर प्रदान


बुटवल, माघ २१ गते । रुपन्देही व्यापार संघले एक अशक्त महिलालाइ ह्विल चियर प्रदान गरेको छ । रुपन्देही व्यापार संघ, फेन्सी बस्तुगत उपसमितिको आयोजनामा मंगलबार एक कार्यक्रमको आयोजना गरी अशक्त महिला मिना बुढाथोकीलाई ह्विल चियर सहयोग गरिएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ७ दिपनगर निवासी ३५ वर्षिय मिना बुढाथोकीलाई घरमै गएर ह्विल चियर प्रदान गरिएको फेन्सी बस्तुगत उपसमितिका संयोजक विष्णु भण्डारीले जानकारी गराए ।
दिपनगरकी मिना बुढाथोकी मेरुदण्ड भाचिएपछि १० वर्षदेखि घरमै बसेके थिइन । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन समस्या भएको भन्ने थाहा पाएपछि बिरामी तथा अशक्त महिलालाई केही सहयोग मिल्ला भनेर ह्विल चियर सहयोग गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले जानकारी गराए ।

गरिबीका कारण उपचार गराउन नसकेका महिला तथा बृद्दबृद्दालाई संस्थागत रुपमा आफु सक्दो सहयोग गर्ने गरिएको संघका अध्यक्ष ढकालले बताए ।
रुपन्देही व्यापार संघका महासचिव प्रकाश पौडेलले सानै उमेरमा मेरुदण्ड भाचिएर समस्यामा परेकी महिलालाई सानो सहयोगले पनि केही राहत मिल्न सक्छ भनेर ह्विल चियर दिएर सहयोग गरिएको बताए ।
रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, फेन्सी बस्तुगत उपसमितिका संयोजक विष्णु भण्डारी, संघका कोषाध्यक्ष अर्जुन भट्राई, कार्यसमिति सदस्य बिजय ज्ञवाली र पे्रम नाथको टिम घरमै पुगेर ह्विल चियर प्रदान गरेको थियो ।






















