ब्यवसायीमैत्री नीति बनाउन उद्योगी व्यवसायीको माग

रुपन्देही व्यापार संघमा शुभकामना आदान प्रदान

बुटवल, चैत २९ गते । रुपन्देहीको उद्योगी व्यवसायीले राज्य व्यवसायीमैत्री नभएको गुनासो गरेका छन् । नीजि क्षेत्रका व्यवसायीका समस्या हल गर्ने खालको राज्यको नीति तथा काुन नबन्दा उद्योग व्यवसाय फस्टाउन नसकेको बताए ।

रुपन्देही व्यापार संघले शुभकामना आदान प्रदान, भित्तेपात्रो पात्रो विमोचन र संघको बुलेटिन पत्रिका विमोचन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीले नीजि क्षेत्रलाई सम्बोधन गर्ने गरी व्यवसायिक मैत्रीनीति ल्याउन सरकारसंग माग गरेका छन् ।

नीजि क्षेत्रका व्यवसायीलाई सम्बोधन गर्ने गरी उद्योगमैत्री नीति ल्याउन सरकारसंग माग गर्दै उनीहरुले नयां नीति र कार्यक्रमको आधारमा सरकारलाई सहयोग गरेर अगाडि बढ्न सकिने उनीहरुको साझा भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रमको आधारमा नयां वर्ष २०८३ मा सबैलाई सफलता मिल्ने भएकाले समयको माग अनुसार नयां नीति र कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्दै नयां वर्षको शुभकानम दिए ।

कर्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले विकास सबैको साझा भएको बताउंदै विकासमा राजनीति गर्न नहुने बताए । उनले व्यवसायीमैत्री नीति नहुंदा युवाहरु विदेशीनु परेको उल्लेख गर्दै सरकारी जग्गा लिजमा ल्याएर उद्योग व्यापार चलाउन दिने गरी राज्यले नीति बनाउन आवश्यक रहेको बताए ।

डेण्डर र खरिद ऐन व्यबहारिक नभएकाले परिवर्तन गरेर समयको माग अनुसार नयां ऐन ल्याउन संघीय सरकारलाई आग्रह गरे ।
नगर प्रमुख पाण्डेले बुटवलदेखि मुस्तागंसम्मका पालिकाहरुलाई व्यवसायिक रुपमा बुटवलसंग जोडेर व्यापार व्यवसाय गर्न सकिने भएकाले यसबारे गम्भीर बन्न सम्बन्धित सबैले अध्ययनको विषय बनाउनु पर्ने तर्क गरे ।

छाडा गाई गोरुको समस्याले बुटवल मात्रै नभई देशरभरका शहरमा समस्या आएको बताउंदै गाई व्यवस्थापनका लागि गाई राष्टिय निकुञ्ज बनाउनुपर्नेमा जोड दिए ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले नीगित तहबाटै व्यवसायीका समस्याहरु बढीरहेकाले कानुनहरु खोरज र शंसोधन गर्नुपर्ने बताए । राज्यको स्वामित्व रहेका भवनहरुमा भाडाको नाममा लगाइने बोलपत्र आहन सार्वजनिक खरिद एवं शंसोधित ऐन २०६३ खारेज गर्न अध्यक्ष ढकालले सरकारसंग माग गरे ।

रुपन्देही व्यापार संघले संघको राहत कोषबाट अग्नी पीडित व्यवसायी राजु श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयांको सहयोग प्रदान गरिएको छ ।

अध्यक्ष प्रकाश ढकालले खुल्ला सीमानाले समस्या पारेको उल्लेख गर्दै अध्यक्ष ढकालले भने सीमावर्ती क्षेत्रमा आवतजावत गर्दा परिचयपत्रको आधारमा सीमापारीबाट ल्याईने खुद्रा समानमा कडाइ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यष नरिश्वर पौडेल, संघका पूर्व अध्यक्ष पदम श्रेष्ठ, मोतिलाल पाण्डे, यमलाल लोहोनी, पर्यटन व्यवसायी माधव नेपाल, अधिवक्ता यमलाल खनाल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, पत्रकार श्यामलाल पोखरेल, भरत केसी, भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडल, भन्सार कार्यालय प्रमुख, जोगलाल विक लगायतले बोल्दै नयां वर्षको शुभकामना व्यक्त गरेका थिए ।

संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षता र महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।