गणेश नेपालीको मृत्युपछि विद्यार्थी संगठन आन्दोलनमा
सरकार नागरिकप्रति उत्तरदायी बन्न सकेन – मसाल


बुटवल, असार २६ गते । काठमाण्डौमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा काठमाण्डौमा नै मृत्यु भएको छ ।

गणेशको मृत्युका कारण सरकारको चौतर्फी बिरोध भएको छ । यही विषयलाई लिएर अखिल छैठौंसहित विभिन्न विद्यार्थी संगठनहरुले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
बुटवल, असार २६ गते । गणेश नेपालीको मृत्युप्रति दुख् व्यक्त गर्दै नेकपा मसालले सरकार नागरिकप्रति उत्तरदायी बन्न नसेको बताएको छ ।
क्रियाकलापको परिणामस्वरूप गणेश नेपालीको आत्मदाह भएको नेकपा मसालको महर छ । नेकपा मसालका प्रवक्ता प्रवक्ता रामप्रकाश पुरीले विज्ञप्ती जारी गरी
मृतक नेपालीको निधनप्रति गृहमन्त्री सुधन गुरुङ जिम्मेवार रहेको बताएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले गणेश नेपालीको मृत्युको निष्पक्ष छानबिन गरी दोषीमाथि र पीडित परिवारलाई न्याय दिन सरकारसंग माग गरेका छन् ।
विद्यार्थी संगठनका नेताहरुले गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ भन्दै सरकारकोा कडा आलोचना गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा केही समय प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो । जसका कारण केही समय तनावपूर्ण अवस्था बनेको थियो ।























