भुटानी शरणार्थी प्रकरणः जिल्ला अदालत काठमाडौंद्वारा कसुर ठहर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ । फैसलाको पूर्ण विवरण आउन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएको थियो । यसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा हालेको छ ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल प्रतिवादी छन् । अदालतले मुद्दाको फैसला गरे पनि सजाय निर्धारण आज नहुने भएको छ । तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको हो ।